default_image

6 years ago

August 11, 2019

सोमपालको हक्स उपाधिको लागि नाइट्ससँग खेल्दै

76 views

0 Bookmark

एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि सुरु हुनेछ ।

शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स फाइनलमा पुगेको हो । भान्कुभर नाइट्सले पहिलो क्वालिफायरमा शुक्रबार ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

समुह चरणको खेलमा हक्सले नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । ७ विकेटको जित निकाल्ने क्रममा २ सय ९ रनको लक्ष्य हक्सले ३ विकेटको क्षतिमा २८ बल अगाडीनै पुरा गरेको थियो । दोस्रो राउन्डको खेलमा भने वर्षाको कारण रद्ध भएको थियो ।

नाइट्सका लागि ओपनर क्रिस गेल आजको खेलमा उपलब्ध हुने छैनन् । गेल नहुँदा नाइट्सलाई ठूलो घाटा लाग्न सक्छ । गेल त्यस्ता ओपनर हुन् जसले आफ्नो उत्कृष्ट विश्फोटक प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्ने क्षमता राख्छन् । वेस्ट इन्डिजले भारतसँग आज दोस्रो वान डे खेल खेल्ने हुँदा गेल उपलब्ध हुन नसक्ने भएका हुन् । आन्द्रे रसेल र रस्सि भान डर डुसेन उसका मुख्य खेलाडी हुन् । हक्सका लागि जेपी ड्युमिनी,क्रिस लिन,रायद इम्रिट र ड्वेन ब्राभो प्रमुख हतियार हुन् ।

सोमपाल पहिलो रोजाइमा पर्ने संभावना आजको खेलमा पनि देखिँदैन । डाफ्टमा ३ हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हक्सले सोमपाललाई एक खेलमा मौका दिएको थियो । डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपछि हक्सले अन्य खेलमा सोमपाललाई पुन मौका दिएको छैन । यद्यपी सनिवार राति दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्ससँग सोमपालले वैकल्पिक फिल्डरका रुपमा १९ औं ओभरको पाँचौ बलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको क्याच लिएका थिए ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.