6 years ago
August 5, 2019
एजेन्सी – वेस्टइन्डिजलाई दोस्रो टि२० मा पराजित गर्दै पाहुना टोली भारतले तीन खेलको टि२० सिरिज जित पक्का गरेको छ ।
आइतबार राती डकवर्थ लेविस (डिएल) पद्दति आधारमा २२ रनले विजयी हुँदै भारतले सिरिज जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा पुगेको हो ।
रोभमन पावेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५४ रनको योगदान दिए । त्यस्तै निकोलस पुरनले ३४ बलमा १९,एभिन लुइस डक र सुनिल नारायन ४ रनमा आउट भए । काइरन पोलार्ड ८ र शिम्रन हिटमायर ६ रनमा खेलि रहेको अवस्थामा वर्षा सुरु भएको थियो । भारतका लागि क्रुनाल पाड्या २, वाशिन्टन सुन्दर र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । भारतका लागि ओपनर रोहितले सर्वाधिक ६७ रनको योगदान दिए । ओशन थोमसको १४ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि रोहितले ५१ बलमा ६ चौका ३ छक्का प्रहार गरे ।
योसँगै रोहित टि२० मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले वेस्ट इन्डिजका ओपनर क्रिस गेलको १ सय ५ छक्काको रेकर्ड तोडेका हुन् । त्यस्तै कप्तान विराट कोहलीले २३ बलमा समान १ चौका र छक्का सहित २८ रनमा बोल्ड आउट भए ।
ओपनर शिखर धवन २३,ऋषभ पन्त ४,मनिष पाण्डे ६ रनमा आउट भए । क्रुनाल पड्या २० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । अन्तिम ओभरमा किमो पलले ३ छक्का सहित कुल २० रन खर्चिएपछि भारत बलियो योगफलमा पुगेको हो ।
पहिलो विकेटका लागि शिखर र रोहितले ८ ओभरमा ६७ रनको साझेदारी गरेपनि मध्यक्रममा निरन्तर विकेट गुम्न पुग्दा भारत विशाल योगफल बनाउन चुकेको हो । वेस्ट इन्डिजका लागि ओशन थोमस र शिल्डन कर्टेलले समान २ विकेट लिए । किमो पलको नाममा १ विकेट रह्यो । पहिलो खेलमा वेस्ट इन्डिज ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]