default_image

5 years ago

August 2, 2019

गण्डकी प्रादेशिक क्रिकेट संघमा सर्वसम्मत समिति गठन

64 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रादेशिक क्रिकेट संघको कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचन सर्वसम्मत भएको छ ।

शुक्रबार पोखरामा बसेको विशेष साधरण सभाले अध्यक्ष देवेन्द्र प्रजु सहित १३ सदस्य समिती सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । गण्डकी प्रदेशको अध्यक्षमा देवेन्द्र,उपाध्यक्षमा दिपक पोख्रेल(दिपानु) र सचिवमा सुमन राज कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषध्यक्षमा प्रकाश पौडेल चुनिएका छन् ।

दिवाकर थापा,अजुर्न कुमार श्रेष्ठ,विमल मान गुभाजु, इन्द्र सिंग्देल, ऋषि राम गौतम, संजय कान्त सिग्देल,सुमन पण्डित,अतिश कुमार खड्का र अर्जुन कुमार थापा सदस्यमा सर्व सम्मत चुनिएका छन् । १४ सदस्य पदाधिकारी तथा सदस्यको लागि आफ्नो उम्मेदवारी पेश गरेकोमा खुल्ला सदस्य शोनेय तिवारीले आफ्नो नाम फिर्तालिएपछि निर्वाचन सर्व सम्मत भएको हो ।

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको […]

January 27, 2025

बर्खा स्मृति क्रिकेट – गौरादह र कचनकवल क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित […]

January 27, 2025

रूपन्देही ‘ए’ सुपरलिगमा खुकुरीको जित

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि जित निकालेको छ । लुम्बिनी खुकुरीले सोमवार प्रोफेसनललाई १ सय १८ रनको फराकिलो रनमा हराएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो […]

Success

Thank you for your time.