default_image

5 years ago

August 1, 2019

टियू क्रिकेट मैदानको दुरावस्था!

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदान अहिले लज्जास्पद अवस्थामा छ । मैदानको घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा अहिले मैदान घाँसबारीमा परिणत भएको छ ।

मैदान भित्रै लामा घाँस देखेपछि जो कोहिको मनमा प्रश्न उठ्न सक्छ,साँच्चै नेपालको अन्तर्राष्ट्रिय टियु मैदान हो र ? घाँस काट्ने मेशिन बिग्रेको एक महिना भन्दा बढी समयसम्म न मर्मत भएको छ न‌ त अर्को मेसिन नै । यसकारण टियू मैदान गाउँ घरमा हुने सामान्य चौर भन्दापनि खराब अवस्थामा पुगेको छ । टियूको पिचमा मात्रै दुबो रोपिएको छ भने अन्य धेरै भागमा ठूलो घाँसै घाँस छ ।

समयमै मैदानको अवस्था सुधार नगरे यसको असर यू१९ टोलीलाई पर्ने देखिएको छ । यू१९ टोली एसिया कपको लागि बन्द प्रशिक्षणको तयारीमा छ । तर अहिलेको अवस्थामा मैदानमा प्रशिक्षण गर्न सकिने अवस्था छैन । कतिसम्म भने ठूलो घाँसको कारण मैदानमा हिड्न नै कठिन छ । यू१९ को लागि भनेर एउटा पिचमा भने दुबो रोपिएको छैन ।

नेपाली सिनियर टोलीको बन्द्र पशिक्षणको क्रममा बिग्रीएको मेसिन अहिलेसम्म नबन्दा घाँस बढेर निकै ठूलो बनेको हो । यसो हेर्दा त घाँसबारी जस्तै देखिन्छ । गत शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले टियू मैदानको निरिक्षण गरेर सबै समस्या बुझिसकेका छन् । राखेपले मंगलबारसम्म मेसिन पठाउने भनेपनि बुधबार बेलुकासम्म पठाएको थिएन ।

मैदानका एक स्टाफको अनुसार सबै मेसिनहरु बिग्रीएका छन् । नयाँ मेसिनहरु नआएसम्म काम गर्न मिल्दैन । अझै केहि समय मेसिन नआए घाँसको कारण पछि मैदानमा खेल्न कठिन पर्न सक्छ । दुबो नभएको कारण घाँसले गर्दा समस्या आएको हो । यस समयमा दुबो रोप्नु पर्ने हो । तर घाँस नकाट्दा दुबो पनि रोपिएको छैन, मैदानका एक कर्मचारी बताउछन् ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.