6 years ago
July 30, 2019
एजेन्सी – घाँटी दुखेपछि खोकीको औषधिमा प्रतिबन्धित पदार्थ रहेको पत्ता लागेपछि भारतीय युवा ओपनर तथा पूर्व यू१९ कप्तान पृथ्वी श निलम्बित भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै शले प्रतिबन्धित पदार्थ प्रयोग गरेका कारण ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ । श आगामी नोभेम्बर १५ सम्म निलम्बित भएका हुन् । १६ जुलाईमा बीसीसीआईले डोपिङ विरोधी नियम २.१ अनुसार कारबाही गरेको हो ।
सैयद मुश्ताक अली ट्रफीका दौरानमा गत २२ फ्रेबुअरीमा उनलाई परिक्षण गरेको थियो । जसक्रममा उनले निषेधित पदार्थ ‘ट्रेब्युटालाइन’ प्रयोग गरेको पाइएपछि श निलम्बित भएका हुन् । शले पनि यस आरोप स्वीकार गरेका छन् । उनले आफ्नो डाक्टरको सल्लाह बोमोजिम घाँटी दुख्दा सेवन गरेको औषधिमा प्रतिबन्धि पदार्थमा शामिल भएको थाहा नभएको स्पष्टीकरण दिएका छन् । शले निलम्बन स्वीकार गर्दै यसले अन्य खेलाडीमा पनि आफूले खाने औषधिबारे चेतना पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यू१९ टोलीका पुर्व कप्तान समेत रहेका १९ वर्षिय श ले ३ टेष्ट इनिङमा समान १ शतक र अर्ध शतक सहित कुल २ सय ३७ रन जोडेका छन् । श को कप्तानीमा भारतको यू१९ टोलीले अघिल्लो वर्ष विश्वकप जितेको थियो ।
गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसँग टेष्टमा डेब्यू शतक प्रहार गर्दै श ले सनसनी मच्चाएका थिए । श बाहेक राजस्थानबाट घरेलु क्रिकेट खेल्ने दिब्या गजराज र विदर्भाबाट खेल्ने अक्षय डल्लुरवारलाई पनि ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]