default_image

5 years ago

July 30, 2019

नेपाली टोली स्वदेश फिर्ता

48 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली सोमवार राती १०:३० मा त्रिभुवन विमानस्थलमा ओर्लेको थियो । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा नेपाल ८२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

घरेलु टोली सिंगापुर ४ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । कुवेत चौथो र मलेसिया पाँचौ स्थानमा रहे । नेपालले पहिलो खेल कतारसँग ४ विकेटले हारेको थियो । मलेसिया र कुवेतलाई ७ विकेटले पराजित गरेपनि अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदा नेपाल एसिया छनोटबाटै बाहिरिनु परेको हो ।

नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी भने आएका छैनन् । सोपाल र सन्दीप आइतबार राती सिंगापुरबाट ग्लोबल टी २० क्यानडाका लागि त्यसतर्फ लाग्ने छन् । सन्दीप टोरन्टो नेशनल र सोमपाल विनिपेग हक्सबाट खेल्ने छन् । सोमबार भएको नेशनल र विनिपेगबीचकोे खेलमा यी दुबै खेलाडीलाईलाई आराम दिएको थियो ।

सोमपाललाई विनिपेगले ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम अनुबन्ध गरेको थियो । सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको थियो ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.