6 years ago
July 30, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा टोरन्टो नेशनलमाथि विनिपेग हक्सले ३ विकेटको सानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा २ सय १७ रनको लक्ष्य पुरा गर्दै नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी अनुबन्ध रहेको हक्सले सानदार जित पक्का गरेको हो ।
नेशनलले प्रस्तुत गरेको २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको हक्सले २० ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । हक्सको जितमा अष्ट्रेलियाका ओपनर क्रिस लीनले ४८ बलमा १० छक्का र २ चौका सहित ८९ रनको महत्वपूर्ण योगदान दिए । सन्नी सोहलले २७ बलमा ६ छक्का र २ चौका सहित ५८ रन जोडे । शैमान अनवारले ४३ रन जोड्दा अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्दीप लामिछाने अनुबन्धीत नेशनलका लागि क्रिस ग्रिन सलमान नजवारले समान २ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको नेशनलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । उसका लागि काईरन पोलार्डले २१ बलमा ५ छक्का र ३ चौका सहित ५२ रन जोडे । त्यस्तै ओपनर रोर्डिगो थोमसले ४६ बलमा ५ छक्का र ३ चौका सहित ६५,हेनरिक क्वालासेन १५,चिराग सुरी ५,क्रिस ग्रिन ११ र मनप्रित गोनी १ रनमा आउट भए । कप्तान युवराज सिंहले २६ बलमा ४ चौका र २ छक्का सहित ४५ रनको योगदान दिए । हक्सका लागि ड्वेन ब्राभोले ४ ओभरमा ३९ रन खर्चेर ४ विकेट हात पारे ।
हक्स ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । यता ३ खेलमा २ मा हार र १ मा जित निकालेको नेशनल भने पाँचौ स्थानमा पुगेको छ । सोमपाल र सन्दीप दुबैलाई पहिलो खेलमा आराम दिएको थियो ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]