default_image

6 years ago

July 29, 2019

ग्लोबल टि२०: सन्दीप र सोमपाल बेन्चमा!

69 views

0 Bookmark

एजेन्सी – ग्लोबल टी २० क्यानडामा टोरन्टो नेशनलविरुद्ध विनिपेग हक्सले पहिला फिल्डिङ गर्ने भएको छ । विनिपेग हक्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नेशनलले आजको खेलमा मौका दिएको छैन । त्यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई पनि हक्सले बेन्चमा राखेको छ । आईसीसी टि२० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल रहँदा नेपाली टोली आज स्वदेश फर्किदै छ ।

सन्दीप र सोमपाल दुवै हिजो राती नै सिंगापुरबाट त्यसतर्फ लागेका थिए । यी दुवै खेलाडी आजको खेलका लागि उपलब्ध भएपनि टोलीले विश्राम दिने निर्णय गरेको हो । लगातार क्रिकेट खेलेर लामो यात्रा तय गरेका कारण दुवैले आराम पाएका हुन् ।

दुवै टोलीले सुरुवाती दुई खेलमा समान १ मा जित र हार बेहोरेका छन् । ड्राफ्टमा सन्दीप ६० हजार र सोमपाल ३ हजार अमेरिकी डरलमा अनुबन्ध भएका थिए । सोमपाल आजको खेलमा मैदान उत्रिए पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेल्नेछन् । सन्दीपले भने गत वर्ष नै ग्लोबल टि२० क्यानडा प्रिमियर लिग खेलि सकेका छन् ।

सन्दीपको टिममा भारतीय टोलीका पूर्व खेलाडी युवराज सिंह कप्तान रहेका छन् । त्यस्तै काइरन पोलार्ड, ब्रेन्डन म्याकुलम, हेनरिक क्वालासेन र मिचेल म्यक्लिनघन जस्ता ठूला नाम गरेका खेलाडी छन् । सोमपाल सम्मिलित हक्समा क्रिस लिन, उमर अकमल, जेपी ड्युमिनी, ड्वेन ब्राभो, नजिबुल्लाह जदरान जस्ता स्टार खेलाडी छन् ।

सोमपाल सम्मिलित हक्सले पहिलो जित निकाल्ने क्रममा भेन्कुवर नाइट्सले प्रस्तुत गरेका २ सय ९ रनको लक्ष्य ३ विकेट गुमाउँदै २८ बल अगाडीनै पुरा गरेको थियो । पहिलो खेलमा पराजित टोरन्टोले एडमन्टन रोयल्सलाई २ विकेटले हराएको थियो ।

January 27, 2025

नेपालमा खेल्ने थाइल्याण्डको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]

January 27, 2025

दीपेन्द्र सम्मिलित गल्फको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]

January 26, 2025

रुपन्देही सुपर लिगमा वेष्टर्नको लगातार तेस्रो जित

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]

Success

Thank you for your time.