6 years ago
July 29, 2019
एजेन्सी – ग्लोबल टी २० क्यानडामा आज टोरन्टो नेशनल र विनिपेग हक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०:१५ बजेपछि सुरुहुने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेशनल र तीब्र गतिका बलर सोमपाल कामी हक्समा रहेका छन् ।
आईसीसी टि २० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल रहँदा नेपाली टोली आज स्वदेश फर्किदै छ । तर सन्दीप र सोमपाल दुबै हिजो राती नै सिंगापुरबाट त्यसतर्फ लागेका छन् । यी दुवै खेलाडी आजको खेलका लागि उपलब्ध छन् । तर लगातार क्रिकेट खेलेर लामो यात्रा तय गरेका यी दुईलाई आज आराम दिने सम्भावना छ ।
दुवै टोलीले सुरुवाती दुई खेलमा समान १ मा जित र हार बेहोरेका छन् । ड्राफ्टमा सन्दीप ६० हजार र सोमपाल ३ हजार अमेरिकी डरलमा अनुबन्ध भएका थिए । सोमपाल आजको खेलमा मैदान उत्रिए पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेल्नेछन् । सन्दीपले भने गत वर्ष नै ग्लोबल टि२० क्यानडा प्रिमियर लिग खेलि सकेका छन् ।
सन्दीपको टिममा भारतीय टोलीका पूर्व खेलाडी युवराज सिंह कप्तान रहेका छन् । त्यस्तै काइरन पोलार्ड, ब्रेन्डन म्याकुलम, हेनरिक क्वालासेन र मिचेल म्यक्लिनघन जस्ता ठूला नाम गरेका खेलाडी छन् । सोमपाल सम्मिलित हक्समा क्रिस लिन, उमर अकमल, जेपी ड्युमिनी, ड्वेन ब्राभो, नजिबुल्लाह जदरान जस्ता स्टार खेलाडी छन् ।
सोमपाल सम्मिलित हक्सले पहिलो जित निकाल्ने क्रममा भेन्कुवर नाइट्सले प्रस्तुत गरेका २ सय ९ रनको लक्ष्य ३ विकेट गुमाउँदै २८ बल अगाडीनै पुरा गरेको थियो । पहिलो खेलमा पराजित टोरन्टोले एडमन्टन रोयल्सलाई २ विकेटले हराएको थियो ।
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]
January 26, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतवार बिहार र ढाका विश्वविद्यालयको खेल पछि सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट बंगलादेशको ढाका विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय सेमिफाइनल पुगेका छन् । समूह बी बाट नेपालको मध्य पश्चिम र भारतको लखनउ विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएको छ […]