6 years ago
July 28, 2019
सुबास हुमागाईं, सिंगापुर
आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । समान दुई जित दर्ता गरेको कतारभन्दा रनरेटमा पछाडी परेपछि नेपाल तेस्रो स्थानमा पुगेको हो ।
अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा नेपाल ८१ रनले पराजित भएपछि रनरेटका आधारमा कतारभन्दा पछाडी रहन पुग्यो । आयोजक सिंगापुर क्रिकेट संघले पनि नेपाल नै दोस्रो भएको ठान्दै दिएको पदक नेपाली टोलीले फिर्ता गरेको हो ।
समापन समारोहमा नेपाललाई उपविजेता घोषणा गरेपछि कतारका व्यवस्थापकले विरोध गरेका थिए । सिंगापुरलाई जस्तै नेपाली टोलीलाई भने यसबारे जानकारी थिएन । पछि नेपाली टोली आफैंले पदक फिर्ता गरेको थियो । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले संघका प्रमुख कार्यकारी अधिकृत साद खानलाई पदक हस्तान्तरण गरे ।
घरेलु टोली सिंगापुर ४ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । एक खेल वर्षाको कारण रद्द भएको थियो । कतारले ४ खेलमा समान २ मा हार र जितका साथ ४ अंक जाड्दै दोस्रो बन्यो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । कुवेत चौथो र मलेसिया पाँचौ स्थानमा रहे ।
नेपालले पहिलो खेल कतारसँग ४ विकेटले हारेको थियो । मलेसिया र कुवेतलाई ७ विकेटले पराजित गरेपनि अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदा नेपाल एसिया छनोटबाटै बाहिरिनु परेको हो ।
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]
January 26, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]