default_image

6 years ago

July 28, 2019

ग्लोबल छनोटमा पुग्न नेपाललाई विशाल लक्ष्य

78 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । १८ ओभरको दोस्रो बलमा अभिनाष बोहोराले ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउनु अघि डेविडले ४३ बलमा ८ चौका ३ छक्का प्रहार ।

करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।

तर रोहन रङ्गराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।

January 27, 2025

नेपालमा खेल्ने थाइल्याण्डको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]

January 27, 2025

दीपेन्द्र सम्मिलित गल्फको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]

January 26, 2025

रुपन्देही सुपर लिगमा वेष्टर्नको लगातार तेस्रो जित

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]

Success

Thank you for your time.