6 years ago
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सनिवार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । कुवेतमाथि सहज जित निकाल्ने क्रममा नेपालले ४ नयाँ कीर्तिमान पनि कायम गरेको छ ।
आजको जितसँगै नेपाललाई अघिल्लो चरण झनैं सहज बनेको छ । आइतबार सिंगापुरलाई पराजित गर्न सके ग्लोबल छनोटमा स्थान बनाउने छ । वर्षाको कारण रद्ध हुन पुगे वा हारे भने नेपाल बाहिरिने निश्चित छ । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालले सहज जित निकाल्नेक्रममा यी ४ कीर्तिमान खेलाडी र टिमका नाममा बनेका छन् ।
४. सर्वाधिक चौका
पारस नेपालको तर्फबाट टी२० आईमा एकै खेलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी बनेका छन् । कुवेतलाई पराजित गर्ने क्रममा पारसले ६८ रन बनाउन ११ चौका र १ छक्का प्रहार गरे । यस अघि पारसले दुई साता अघि मलेसियासँगको पहिलो टी ट्वान्टी खेलमा ८ चौका र ५ छक्का सहित कुल ८६ रनमा अविजित रहेका थिए । पारस टी २० आईमा तेस्रो अर्ध शतक पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान हुन् ।
३. सर्वाधिक छिटो जित
नेपालले कुवेतलाई पराजित गर्ने क्रममा २५ बल अगाडीनै जित पक्का गर्यो । जुन टी २० आईमा नेपालले सर्वाधिक छिटो पुरा गरेको हो । यस अघि नेपालको सर्वाधिक छिटो जित दुई हप्ता अघि मलेसियासँगको पहिलो टी २० खेलमा १ सय २९ रनको लक्ष्य ९ बल अगाडी थियो । जुन रेकर्ड आज तोडेको हो ।
२. दोस्रो विकेटका लागि उच्च साझेदारी
नेपाललाई सहज जित दिलाउन कप्तान पारस खड्का र शरद भेषवकरले दोस्रो विकेटका लागि ७८ रनको उत्कृष्ट साझेदारी गरे । जुन नेपालबाट टी २० आईमा दोस्रो विकेटका लागि उच्च साझेदारी पर्दछ । यस अघि सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले दोस्रो विकेटका लागि गरेको ३२ रनको साझेदारी गरेका थिए । टी २० मा सर्वाधिक ठूलो साझेदारी नेपालको तर्फबाट पारस र शरदले सन् २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध गरेको ८५ रन रहँदै आएको छ ।
१. सर्वाधिक ठूलो लक्ष्य पुरा
नेपालले कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा १ सय ४२ रनको लक्ष्य पुरा गर्यो । टी २० आईमा नेपालले पुरा गरेको सर्वाधिक ठूलो लक्ष्यमा पर्दछ । यस अघि नेपालले सन् २०१५ मा नेदरल्यान्डसँगको चार टी २० सिरिज अन्तर्गत चौथो खेलमा पारसकै अर्ध शतकमा १ सय ४० रनको लक्ष्य ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]