default_image

6 years ago

July 27, 2019

सन्दीप र वसन्त चम्कँदा नेपाललाई मध्यम लक्ष्य

92 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – स्पिनरद्वय सन्दीप लामिछाने र वसन्त रेग्मीले उत्कृष्ट प्रर्दशन गरेपछि कुवेतले आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाललाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद काशिफले विश्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

दोस्रो ओभरको पहिलो बलमै करण केसीले कट निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा वसन्तले अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराउँतै कुवेतलाई दबाबमा राखेका थिए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे ।

सन्दीप लामिछानेको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विलाल ताहिर पारस खड्काबाट १३ रनमा क्याच आउट हुन पुगे । लगत्तै दुईबलपछि सन्दीपले उस्मान वहीदलाई शून्यमा एलवी डब्लू आउट गरे । १४ ओभरको पाँचौ बलमा अभिनाष बोहोराले वसन्तबाट मोहम्मद अस्लामलाई २३ रनमा क्याच आउट गराए । उनले २५ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा सन्दीपले सिराज खानलाई शुन्यमा बोल्ड आउट गरे । वसन्तले मोहम्मद अहसानलाई ४ रनमा क्याच आउट गराए ।

कुवेतलाई सस्तैमा रोक्न नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । वसन्तले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै करण केसी २ र अभिनाष बोहोराको नाममा १ विकेट रह्यो ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.