6 years ago
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत नेपालले शनिवार कुवेतसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७:१५ बाट सुरु हुने छ ।
तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सवैलाई आश्चर्य पारेको छ । कतारलाई १० रनले हराउन कुवेतले १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।
नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालले कुवेतसँगै आईतबार सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्ने छ । यता कुवेतको अघिल्लो चरण अविश्वसनिय अंकगणितीय संभावना मात्रै बाँकी छ ।
नेपालले सन् २०११ मा कीर्तिपुरमा भएको एसीसी टी २० खेलमा कुवेतमाथि १ रनको रोचक जित हात पारेको थियो । सन् २०१४ को एसियन गेम्समा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । जसक्रममा कुवेत २० रनमा अल आउट भएको थियो ।
कप्तान पारस खड्का कुवेतसँगको खेलमा मैदान उत्रने छन् । पारसले ढाडमा समस्याको कारण मलेसियासँगको खेल गुमाएका थिए । कतारसँगको प्रर्दशन अनुसार भने नेपाललाई मध्यक्रमको केहि चिन्ता छ । मलेसियासँग २० बलमा अर्ध शतक बनाएका ज्ञानेन्द्रले आफु लयमा फर्किएको संकेत दिएका छन् ।
लामो समय देखी खराब प्रर्दशन गरेका मल्ल लयमा आउनु नेपालको लागि अर्को बलियो पक्ष्य हो । नेपालका लागि कप्तान पारस खड्का,तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानको प्रर्दशन महत्वपूर्ण रहने छ । यता कुवेतका लागि इलायस अहमद,मोहम्मद काशिफ र राभिजा सन्दरवान प्रमुख खेलाडी हुन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]