6 years ago
July 24, 2019
सिंगापुर (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।
८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।
छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट हुन पुगे । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी ट्वान्टी आईम अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् ।
त्यस्तै प्रदीप ऐरी १२ रनमा आउट भए । विनोद भण्डारी अविजित १३ र दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । मलेसियाका लागि मुहम्मद सहदायतले ३ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए । चौथो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनु अघि अजिजले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै विरनदीपसिंहले २१ रन जोडे । सिंहलाई वसन्त रेग्मीले आठौं ओभरको पाँचौ बलमा सन्दीपबाट क्याच गराउनु अघि १७ बलमा समान १ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा वसन्तले अहमद फैजलाई ९ रनमा क्याच आउट गराए ।
नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक शरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको सुरुवाती तीन बलमा लगातार चौका खर्चिएका सोमपालले अन्तिम बलमा अमीनीद्दीन रमलीलाई ५ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा करण केसीले कप्तान ज्ञानेन्द्र मल्लबाट मोहम्मद शहदातलाई १ रनमा क्याच आउट गराए ।
नेपालका लागि सोमपाल कामीले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा समान १ विकेट रह्यो ।
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा विजयी भएको छ । शनिवार भएको खेलमा गल्फले एमआई इमिरेट्सलाई २ विकेटले पराजित गरेको हो । गल्फले छैठौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ५३ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरको अन्तिम […]
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीको प्लेअफमा पुगेको छ । लिगमा ३ खेल खेल्न बाँकी रहदा डेजर्टले प्लेअफमा स्थान पक्का गरेको हो । डेजर्टले शनिवार भएको खेलमा सारजहा वारियर्सलाई ८ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। डेजर्टले ७ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका […]
January 26, 2025
एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ । भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो । १ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर […]