default_image

6 years ago

July 24, 2019

नेपाललाई मलेसियाको बलियो चुनौती

64 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – मलेसियाले आईसीसी टी २० विश्वकप एसिया छनोटमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो ।

मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए । चौथो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनु अघि अजिजले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विरनदीपसिंहले २१ रन जोडे । सिंहलाई वसन्त रेग्मीले आठौं ओभरको पाँचौ बलमा सन्दीपबाट क्याच गराउनु अघि १७ बलमा समान १ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा वसन्तले अहमद फैजलाई ९ रनमा क्याच आउट गराए ।

नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक शरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको सुरुवाती तीन बलमा लगातार चौका खर्चिएका सोमपालले अन्तिम बलमा अमीनीद्दीन रमलीलाई ५ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा करण केसीले कप्तान ज्ञानेन्द्र मल्लबाट मोहम्मद शहदातलाई १ रनमा क्याच आउट गराए ।

नेपालका लागि सोमपाल कामीले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा समान १ विकेट रह्यो ।

January 26, 2025

दीपेन्द्र सम्मिलित गल्फको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा विजयी भएको छ । शनिवार भएको खेलमा गल्फले एमआई इमिरेट्सलाई २ विकेटले पराजित गरेको हो । गल्फले छैठौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ५३ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरको अन्तिम […]

January 26, 2025

कुशल सम्मिलित डेजर्ट प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीको प्लेअफमा पुगेको छ । लिगमा ३ खेल खेल्न बाँकी रहदा डेजर्टले प्लेअफमा स्थान पक्का गरेको हो । डेजर्टले शनिवार भएको खेलमा सारजहा वारियर्सलाई ८ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। डेजर्टले ७ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका […]

January 26, 2025

इङ्ग्ल्याण्डविरुद्ध भारतको जित

एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ । भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो । १ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.