6 years ago
July 24, 2019
सुबास हुमागाईं, सिंगापुर
आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ ।
मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ । नेपालको खेल सुरु हुन कम्तिमा ११:५७ बजे खेल सुरु हुनु पर्नेछ । (नेपाली समय ९:४२ सम्म सुरु हुनुपर्ने) नेपाली टोलीले खेलअघि वार्मअप गरेपनि टस हुनुभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको छ । मौसम पूर्वानुमानका अनुसार अब नेपालको खेल अवधिभर वर्षा हुने बलियो सम्भावना रहेको छ ।
वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ । अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि हुने भएको छ । आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडी बढ्नेछ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]