default_image

6 years ago

July 23, 2019

कतारसँग नेपालको अप्रत्याशित हार

102 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ ।

कतारले उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको हो । यो हारले भने नेपाललाई ठूलो धक्का दिएको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । १४ औं ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले ३२ बलमा ६ चौका प्रहार गरे ।

कतारले ओपनर फैसल जभिदलाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले सोमपाल कामीबाट क्याच आउट गराए । पाँचौ ओभरको पहिलो बलमा खानलाई सन्दीप लामिछानेबाट १५ बलमा समान २ चौका र छक्का सहित रनमा २२ रनमा क्याच आउट गरे ।

सन्दीपले दशौं ओभरको पाँचौ बलमा मोहम्मद तनबीरलाई ११ रनमा क्याच आउट गराए । त्यस्तै सन्दीपलेनै जाहीर इब्राहिमलाई १२ रनमा क्याच आउट गराए । तमोर शज्जाद ९ रनमा रन आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट हात पारे । करण केसीको नाममा १ विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । नोउमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचे । कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी २० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो । यस अघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट क्याच आउट गराउनु अघि मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १४ ओभरको पाँचौ बलमा सोमपाल कामी दुई रन लिने क्रममा ११ रनमा रन आउट भए । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।

करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि कतारका लागि इकवाल हुसेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए । त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.