6 years ago
July 22, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी एसिया विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ७:१५ पछि सुरु हुने छ ।
कतारले पहिलो खेलमा सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । कतारमाथि सहज जित निकाल्दै नेपाल भने विजयी सुरुवात गर्न चाहन्छ । कतारलाई अघिल्लो चरणको आसा कायमै राख्न नेपालसँगको खेल जित्नै पर्ने हुन्छ ।
नेपाल यस प्रतियोगिताको उपाधिको एक्लो दाबेदार टोली हो । आईसीसी वरियता देखी कागजी रुपमा र प्रर्दशन तीनैको आधारमा नेपाल अन्य चार टोली भन्दा निकै अब्बल देखिन्छ । यता प्रतियोगितामा आईसीसी वरियतामको हिसाबमा नेपाल पछिको बलियो टोली कतार मानिन्छ । नेपाल आईसीसीको टी ट्वान्टी वरियतामा ११ र कतार २१ औं स्थानमा छ ।
एकै ओभर र एकै खेलाडीले ठूलो प्रभाव पार्ने हुँदा कुनै पनि टोलीलाई कमजोर आक्नुहुँदैन । जतिसुकै बलियो टोलीले पनि मैदानमा जितको लागि उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । कतारका यी ३ खेलाडी जसको उत्कृष्ट प्रर्दशन नेपाललाई घातक बन्न सक्छ ।
३. तमोर शज्जाद (अलराउन्डर)
२७ वर्षिय तमोर कतारका भरपर्दा अलराउन्डर हुन् । तमोर कतारबाट टी ट्वान्टी आईमा सर्वाधिक रन बनाउने तेस्रो र सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । उनले ८ टी ट्वान्टी आईमा १४६.६६ को स्ट्राइक रेटमा कुल २ सय २० रन जोडेका छन् । जसमा २० चौका र ९ छक्का सामेल छ । लेग स्पिनर तमोर आक्रमक ब्याटिङ गर्न माहिर छन् ।
तमोरले सिंगापुरसँगको पहिलो खेलमा २९ बलमा समान २ चौका र छक्का सहित ३४ रनको योगदान दिनुको साथै १ विकेट लिएका थिए । उनले ९ टी ट्वान्टी खेलमा ११ विकेट लिदा ७.३९ को इकोनमिमा रन खर्चिएका छन् । उनले आफ्नो उत्कृष्ट अलराउण्डर प्रर्दशनमा टोलीलाई अविश्वसनिय जिततर्फ लम्काउन सक्छन् ।
२. इकवाल हुसेन (बलर)
तीब्र गतिका बलर इकवाल हुसेन कतारका मुख्य हतियार हुन् । ३० वर्षिय हुसेन कतारका लागि टी ट्वान्टी खेलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ९ खेलमा ९.०३ को इकोनमी रन खर्चिदै कुल १४ विकेट लिएका छन् । हुसेनले सिंगापुरसँगको खेलमा ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए । हुसनेले आफ्नो तीब्र गतिमा नेपाली ब्याट्सम्यानलाई निराश बनाउन सक्छन् । नेपाली खेलाडी सतर्क हुन आवश्यक छ ।
१. मोहम्मद तनविर (शीर्षक्रम ब्याट्सम्यान)
३८ वर्षिय मोहम्मद तनविर कतारका सर्वाधिक अनुभवी र भरपर्दा ब्याट्सम्यान हुन् । तनविर कतारबाट टी ट्वान्टी आईमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्ष स्थानमा पर्दछन् । तनविरले ९ खेलमा ३ अर्ध शतक सहित कुल २ सय ८८ रन बनाएका छन् । जसमा २६ चौका र १६ चौका सामेल रहँदा स्ट्राइक रेट १४७.६९ रहेको छ ।
उनले सिंगापुरसँगको खेलमा २६ रनमा आउट भएका थिए । तनविरले कतारबाट नियमित उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपाललाई बलियो चुनौती दिन सक्छ ।
यो पनि : नेपालले उपाधि जित्न सक्ने ४ आधार
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]