6 years ago
July 22, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली हाल आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुरमा छ । प्रतियोगिता सुरु हुनुअघि पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पारस खड्काले नेपाली समर्थक टोलीको बलियो पक्षमध्य एक रहेको अभिव्यक्ति दिएका छन् ।
कप्तान खड्काले नेपाली समर्थकहरुले जहाँसुकै गएर खेलेपनि हौसला बढाउन मैदानमा आउँदा टोलीलाई सहज हुने बताए । ‘ हाम्रो समर्थकहरु हामीले प्रत्यक खेल जितेको हेर्न चाहनुहुन्छ । हामी जहाँ गएपनि हाम्रो लागि समर्थकको संख्या बलियो पक्ष हुने गरेको छ । समर्थकले हामीलाई अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्नुहुन्छ,’ उनले थपे, ‘ हामीले आशा गरेका छौं कि यहाँ पनि राम्रो संख्यामा दर्शकको उपस्थिति रहनेछ । नेपालमा पनि खेलको प्रत्यक्ष प्रसारण हुने भएकाले थुप्रैले हेर्ने अपेक्षा गरेका छौं । ‘
नेपाली टोलीले विश्वकप खेलेको लामो समय भइसकेको र अबको लक्ष्य अष्ट्रेलियामा हुने विश्वकपको लागि छनोट हुनु रहेको कप्तान खड्काले बताए । ‘ हामीले पछिल्लो पटक सन् २०१४ मा विश्वकप खेलेको धेरै समय भइसकेको छ । अब हाम्रो लक्ष्य अष्ट्रेलिया विश्वकपको लागि छनोट हुनु हो । त्यहाँसम्म पुग्न सहज छैन । पहिला हामीले यो चरण पार गरेर ग्लोबल छनोटमा पुग्नुपर्छ । त्यसपछि हामीले ग्लोबल छनोटबारे सोच्ने हो,’ उनले भने ।
टि-२० फर्म्याटमा जुनै टोलीले पनि जित दर्ता गर्न सक्ने हुनाले हरेक खेललाई गम्भीरतापूर्वक लिने कप्तान खड्काको बुझाइ छ । ‘ प्रतियोगितामा हरेक टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको हुन्छ । मलेसियामा गरेको तयारीले हामीलाई केहि सहज हुन्छ तर अन्य टोली पनि राम्रो तयारीसाथ यहाँ आएका छन् । हरेक खेलको महत्त्व छ र हामीले पालैपालो आफ्नो योजना अबलम्बन गर्नेछौं,’ उनले थपे ।
पारसले टोलीको ‘टिम स्पिरिट’ बलियो रहेको र यसले नै टोलीको प्रदर्शनमा सहयोग पुग्ने धारणा व्यक्त गरे । नेपालले प्रतियोगिताको पहिलो दिन कुनै खेल खेल्ने छैन । नेपालको पहिलो खेल मंगलबार कतारविरुद्ध हुनेछ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]