6 years ago
July 21, 2019
सुबास हुमागाईं, सिंगापुर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सोमबारदेखि सुरु हुने टि-२० विश्वकप २०२० को एसिया क्षेत्र छनोटका लागि फिट भएका छन् ।
मलेसियामा १० दिन प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली शनिबार सिंगापुर आइपुगेको थियो । नेपाली टोलीले आइतबार नै प्रतियोगिता आयोजना हुने सिंगापुर इन्डियन एसोसियसनको मैदानमा प्रशिक्षण गरेको छ । प्रशिक्षणमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पूर्ण प्रशिक्षण गरे । उनले नेट्समा थ्रो डाउन, स्पिन र पेस बलरको सामना गरेका थिए ।
दीपेन्द्र दुई महिनाअघि नेपालमा आयोजित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका थिए । त्यसयता उनले प्रशिक्षणमा सहभागी जनाएपनि पूर्ण प्रशिक्षण भने गरेका थिएनन् । मलेसियामा भएको दुई मैत्रीपूर्ण खेलमा पनि दीपेन्द्रले सहभागिता जनाएका थिएनन् । उनलाई विश्वकप छनोटको तयारीका लागि विश्राम दिइएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगलबार कतारको सामना गर्दैछ । उक्त खेलका लागि दीपेन्द्र फिट रहेका छन् । नेपालले पहिलो रोजाइको टोली नै उतार्ने बताइरहँदा दीपेन्द्रले खेल्ने सम्भावना बलियो रहेको छ ।
नेपाली टोली : पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी
नेपालको खेल तालिका :
जुलाई २३ मा कतार
जुलाई २४ मा मलेसिया
जुलाई २७ मा कुवेत
जुलाई २८ मा सिंगापुर
नेपालको प्रशिक्षणको भिडियो :
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]