6 years ago
July 20, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टी ट्वान्टी विश्वकप एसिया छनोटको लागि नेपाली टोलीले सम्पूर्ण तयारी पुरा गरेको छ । नेपाली टोली शनिबार मलेसियाबाट सिंगापुर आउँदैछ ।
सिंगापुरको इन्डियन सिंगापुर एसोसियसनको मैदानमा २२ जुलाई देखी २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित कतार,कुवेत,सिंगापुर र मलेसिया छन् । शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउनेछ । नेपाल कमजोर टोलीमाथि सहज जित निकाल्ने दाउमा छ । नेपाललाई सहज जितमात्रै होइन टी ट्वान्टी अन्तर्राष्ट्रिय (आई) मा आफ्नो नाममा कीर्तिमान बनाउने अवसर पनि छ ।
आईसीसीले गत वर्ष देखी आफ्ना सबै १ सय ५ सदस्य राष्ट्रलाई टी ट्वान्टी मान्यता दिएकोले एसिया कप छनोटका सवै खेलहरु टी ट्वान्टी आई मान्यता प्राप्त हुने छन् । एक साताअघि मलेसियासँगको दुई टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्ने क्रममा नेपालले आफ्नो नाममा सर्वाधिक स्कोरदेखि फराकिलो जित सम्मका केहि कीर्तिमान कायम गर्न सफल भयो । त्यस्तै विश्वकप छनोट एसियामा नेपालका नाममा यी तीन कीर्तिमान बन्न सक्छन् ।
३. पाँच सय रन पुरा गर्ने पहिलो खेलाडी
नेपालबाट टी ट्वान्टी आईमा सर्वाधिक रन बनाउने कीर्तिमान कप्तान पारस खड्काको नाममा छ । पारसले १६ टी ट्वान्टी आई इनिङमा २८.५० को औसतमा कुल ३ सय ९९ रन बनाएका छन् । पारसलाई टी ट्वान्टी आईमा ५ सय रन पुरा गर्न अब १ सय १ रन बाँकी छ । नेपालबाट टी ट्वान्टी आईमा दोस्रो अर्ध शतक पुरा गर्ने एक्लो ब्याट्सम्यान पारस पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले पछिल्लो समय ओपनरको भूमिका निर्वाह गर्दै आएका छन् ।
पारसले मलेसियासँगको पहिलो टी ट्वान्टी खेलमा ओपनिङ ब्याटिङ गदै ८६ रनमा अविजित रहँदै नेपालबाट टी ट्वान्टी आईमा उच्च स्कोर बनाउने खेलाडी बनेका थिए । पारसले त्यहि लयलाई निरन्तरता दिए एसिया विश्वकप छनोटमा ५ सय रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्न सक्छन् । तुलानात्मक रुपमा कमजोर टोलीमाथि पारस हाबी बन्न सक्ने अनुमान गरिएको छ ।
२. उच्च ओपननिङ साझेदारी
हालसम्म नेपालको टी ट्वान्टीआईमा पहिलो विकेट अर्थात ओपनिङ साझेदारी ३६ रनको मात्रै गर्न सकेको छ । जुन सन् २०१४ को विश्वकपमा सुवास खकुरेल र सागर पुनले हङकङसँगको खेलमा ३६ रनको साझेदारी गरेका थिए । कप्तान पारस खड्का आफैं ओपनर रुपमा मैदान उत्रन थालेका छन् । पारसले मलेसियासँगको खेलमा ओपनिङ गर्दै ८६ रनमा अविजित रहेका थिए । पहिलो खेलमा प्रदिप ऐरी र दोस्रोमा पवन सरार्फले पारसलाई साथ दिएका थिए । विश्वकप एसिया छनोटमा पारसलाई यी दुई मध्य एकले साथ दिने छन् ।
नेपालले कतार, कुवेत, सिंगापुर र मलेसियासँग प्रतिस्पर्धा गर्ने हुँदा तुलानात्मक रुपमा कमजोर टोलीमाथि राम्रो सुरुवात गर्दै उच्च ओपनिङ साझेदारीको कीर्तिमान कायम गर्न सक्ने अनुमान गरिएको छ । पारसले राम्रो साथ पाए नेपालले उत्कृष्ट सुरुवात गर्न सक्छ । मलेसियासँगको दोस्रो टी ट्वान्टी खेलमा पवन र पारसले ३४ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान नजिक पुगेपनि ३ रनले चुकेका थिए । उक्त खेलमा पवन रनआउट भएका थिए ।
१. सर्वाधिक छिटो जित
नेपाललाई यस एसिया विश्वकप छनोटमा सर्वाधिक छिटो जित्ने कीर्तिमान बनाउने अवसर पनि छ । नेपालले यसै साता मलेसियासँगको पहिलो टी ट्वान्टी खेलमा ९ बल अगाडि नै १ सय २९ रनको लक्ष्य पुरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले सर्वाधिक छिटो पुरा गरेको यहि हो । तुलनात्मक रुपमा कमजोर कुवेत र कतारलाई सस्तैमा अल आउट गर्दै धेरै बल आगडीनै लक्ष्य पुरा गर्दै यस कीर्तिमान बनाउन सक्छ ।
January 24, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ढाका विश्वविद्यालय र लखनउ विश्वविद्यालय विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा बंगलादेशको ढाकाले नेपालको पुर्वाञ्चल विश्व विद्यालयलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ढाकाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो । […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा समेटियो । बागमतीका लागि यशोदा बिष्टले […]