default_image

6 years ago

July 19, 2019

जिम्बावेमाथि आईसीसीको निलम्बन, क्यानका बिषयमा छलफल भएन

83 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो ।

सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने संभावना न्युन रहेको बताईएको छ । 

आईसीसीको बैठकले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवाका बिषयमा छलफल गरेन । २०७३ वैशाख १३ गते देखि क्यानमा  सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै  आईसीसीले निलम्बन गरेको थियो । निलम्बनपछि नेपालले  आईसीसीको रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

Success

Thank you for your time.