6 years ago
July 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार फाइनल र सुपर ओभर पनि बराबर भएपछि न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो ।
यस विश्वकपमा तीब्र गतिका बलरको प्रर्दशन उत्कृष्ट रह्यो । स्पिनरको लागि खासै उपयोगि भएन । खराब प्रर्दशन हेर्दा स्पिनरनै अघि रहे । तीव्र गतिका मिचेल स्टार्कले २७ विकेट लिदा स्पिनरको रुपमा भारतीय युजभेन्द्र चहलले सर्वाधिक १२ विकेट लिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले बंगलादेशविरुद्ध लिएको ६ विकेटनै यस विश्वकपमा एकै खेलमा लिएको सर्वाधिक विकेट बन्यो । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १८ सम्म कुनै पनि स्पिनर अट्न सकेनन् । विश्वकपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी र ती खेलाडीको प्रर्दशन यस प्रकार छ :
५. जसप्रित बुमराह (भारत)
तीब्र गतिका बलर जसप्रित बुमराहको उत्कृष्ट प्रर्दशनका बाबजुद पनि भारतले फाइनल सम्मको यात्रा तय गर्न सकेन । योर्करको लागि माहिर बुमराहले पावर प्ले र डेर्थ ओभरमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहे । बुमराहले प्राय सबै खेलमा कसिलो बलिङ गर्दै आफ्ना दबदबा राखे ।
उत्कृष्ट प्रर्दशन गरेका उनले ९ खेलमा ८४ ओभरमा ९ मेडन सहित कुल ३ सय ७१ रन खर्चेर १८ विकेट लिए । बुमराहले दक्षिण अफ्रिका, अष्टेलिया, अफगानिस्तान, वेस्ट इन्डिज, इंग्ल्यान्ड, बंगलादेश, श्रीलंका र न्युजिल्यान्डसँगको खेलमा क्रमश : २,३,१,२,१,४,३ र १ विकेट लिए । योर्करको माहिर बुमराहले पाकिस्तान बाहेक अन्य सबै खेलमा विकेट लिएका थिए ।
४. मुस्ताफिजुर रहमान (बंगलादेश)
बंगलादेशका तीब्रगतिका युवा खेलाडी मुस्ताफिजुर रहमानको लागि यस विश्वकप विषेश रह्यो । रहमाले दक्षिण अफ्रिका,इंग्ल्यान्ड,वेस्ट इन्डिज,अष्टे«लिया,अफगानिस्तान,भारत र बंगलादेशसँग क्रमश : ३,१,३,१,२,५,५ विकेट हात पारे । न्युजिल्यान्डसँगको खेलमा भने विकेटविहीन बनेका थिए ।
रहमानले ८ खेलमा ७२.१ ओभरमा २ मेडन सहित कुल ४ सय ८४ रन खर्चिदै कुल २० विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा थुप्रै स्टार खेलाडीलाई पछि पार्दै चौथो स्थानमा रहे । उनको उत्कष्ट प्रर्दशनको बाबजुद पनि बंगलादेश समुह चरणबाटै बाहिरियो ।
३. जोफ्रा आर्चर (इंग्ल्यान्ड)
इंल्यान्डलाई च्याम्पियन बनाउन आर्चरको प्रर्दशन निर्णायक रह्यो । सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा आर्चर तेस्रो स्थानमा रहे । दुई महिना अघिमात्रै इंग्ल्यान्डबाट डेब्यू गरेका आर्चर सुरुवाती विश्वकप टोलीमा परेका थिएनन् । दोस्रो पटक परिवर्तन टोली डेविड विल्लीको स्थान लिदै विश्वकपमा मौका पाएका उनले ११ खेलमा ८ मेडन सहित कुल १००.५ ओभरमा ४ सय ६१ रन खर्चेर २० विकेट लिए ।
आर्चरले दक्षिण अफ्रिका,बंगलादेश,वेस्ट इन्डिज,अफगानिस्तान,श्रीलंकासँगको खेलमा समान ३ विकेट लिए । पाकिस्तान र भारतसँगको खेलमा भने विकेट विहीन बने । अष्टे«लिया,न्युजिल्यान्डसँग समान १ विकेट हात पारे । सेमिफाइनलमा अष्टे«लियाविरुद्ध २ महत्वपूर्ण विकेट लिए । आर्चरको बाउन्सले पनि राम्रो चर्चा पायो । इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन आर्चर प्रतियोगिता भर नायक बने ।
२. लोकी फर्गुसन (न्युजिल्यान्ड)
न्युजिल्यान्डका तीब्र गतिका बलर लोकी फर्गुसनको प्रर्दशन यस विश्वकपमा उत्कृष्ट रह्यो । न्युजिल्यान्डलाई फाइनल सम्म पुर्याउन उनले ९ खेलमा ८३.४ ओभरमा ३ मेडन सहित ४ सय ९ रन खर्चेर कुल २१ विकेट हात पारे । फर्गुसनले पहिलो खेलमै श्रीलंकाविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै दक्षिण अफ्रिका,वेस्ट इन्डिज र फाइनलमा इंग्ल्यान्डसँगको खेलमा समान ३ विकेट हात पारे ।
अफगानिस्तानसँग ४ विकेट लिएका उनले बंगलादेश,पाकिस्तान र भारतसँग समान १ विकेट चट्काए । अष्ट्रेलियासँगको खेलमा २ विकेट लिए । न्युजिल्यान्डलाई रोमान्चक फाइनल सम्म पुर्याउन फर्गुसनको प्रर्दशन महत्वपूर्ण रह्यो ।
१. मिचेल स्टार्क (अष्ट्रेलिया)
तीब्र गतिका बलर मिचेल स्टार्कले यस विश्वकपमा कीर्तिमान विकेट लिन सफल रहे । स्टार्कले ग्लेन म्याग्रथको रकर्ड तोड्दै एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । स्टार्कले १० खेलमा ९२.२ ओभरमा ५ मेडन सहित ५ सय २ रन खर्चेर २७ विकेट हात पारे ।
तीब्र गतिसँगै योर्करका लागि माहिर उनले अफगानिस्तानसँग पहिलो खेलमा १ विकेट लिएका थिए । स्टार्कले दोस्रो खेलमा वेस्ट इन्डिजसँगको खेलमा ५ विकेट लिए । स्टार्क यतिकैमा रोकिएनन् । आफ्नो उत्कृष्ट प्रर्दशन जारी राखे । पाकिस्तानसँग २,श्रीलंका ४,बंगलादेश २, भारतसँग १,इंग्ल्यान्ड ४,न्युजिल्यान्डसँग ५,दक्षिण अफ्रिकासँग २ र इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १ विकेट लिए ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]