default_image

6 years ago

July 17, 2019

क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने !

100 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् ।

गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका थिए । त्यसै बेला अष्ट्रेलिया अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । फेयरफ्याक्स मिडियाले उक्त रकम तिर्न नपर्ने भनि गरेको अपिल अष्ट्रेलिया अदालतले मंगलबार खारेज गरेपछि उक्त क्षतिपुर्ती पाउने भएका हुन् ।

उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिला अगाडि कपडा खोलेको गम्भीर आरोप लगाएको थियो । फेयर फ्याक्स मिडियाले यसै विषयलाई लिएर निरन्तर समचार सम्पेषण गरेपछि गेलले सन् २०१६ उक्त मिडियाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

Success

Thank you for your time.