6 years ago
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको छ ।
सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडेपछि इंग्ल्यान्डले ६ रन पाएको थियो । चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोड्दै इंग्ल्यान्डलाई ६ रन नभएर ५ रन हुनुपर्ने बताईएको छ । जसको कारण अम्पायर कुमार धर्मसेनाले लेग एम्पार मरैस इरास्मससँग सल्लाह गर्दै इंग्ल्यान्डलाई ६ रन दिने निर्णय गरेका थिए । उक्त निर्णय भने अहिले विवादमा तानिएको छ ।
आईसीसीको खेल संचालन नियमको खण्ड १९.८ का अनुसार यदी फिल्डरले थ्रो फाल्दा बल बाउण्ड्रीमा जान्छ पनि त्यो रन पनि जोडिन्छ। साथै दुवै ब्याट्सम्यानले लिएको रन पनि खातामा जोडिन पुग्छ । तर रन जोडिनको लागि फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यानले क्रिज क्रस गरिसकेको रन मात्र जोडिने उल्लेख छ । तर इंग्ल्यान्डले रन लिने क्रममा आदिल राशिदले रन पूरा नगर्दै मार्टिन गुप्टिलले बल फालिसकेको भिडियो रिप्लेमा देख्न सकिन्छ ।
जसको कारण अम्पायर कुमार धर्मसेनाले ६ नभएर ५ रन दिनुपर्ने क्रिकेट विश्लेषणहरुको तर्क राखेका छन् । अम्पायरले ६ नभएर ५ रन दिएको भए निर्णय दिएको भए नतिजा न्युजिल्यान्डको पक्ष जान सक्ने क्रिकेट विश्लेषकहरुको तर्क राखेका छन् । ३ बलमा ९ रन आवश्यक परेको स्थितिमा ६ रनको निर्णयपछि इंग्ल्यान्डलाई अन्तिम २ बलमा ३ रन चाहिएको थियो ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]