default_image

6 years ago

July 14, 2019

विश्वकप उपाधि जित्न इंग्ल्यान्डलाई मध्यम लक्ष्य

95 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप २०१९ को फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ ।

लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको पाँचौ बलमा लियाम प्लान्केटले बोल्ड आउट गर्नुअघि हेनरीले ७७ बलमा ४ चौका प्रहार गरे ।

हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान विलियमसनलाई २३ ओभरको चौथो बलमा प्यान्केटलेनै विकेटकीपर जस बटलरबाट ५३ बलमा २ चौका सहित ३० रनमा क्याच आउट गराए ।

न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई १९ रनमा गुमाएको थियो । सातौ ओभरको दोस्रो बलमा क्रिस वोक्सले एलवी डब्लू आउट गर्नु अघि गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क उडले अनुभवी ब्याट्सम्यान रोश टेलरलाई १५ रनमा एलबी डब्लू आउट गराए । ३९ औं ओभरको अन्तिम बलमा ठूलो सर्ट खेल्ने धुनमा जेम्श निशम जो रुटबाट १९ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको विशाल योगफलको संभावना सकिएको थियो ।

तल्लोक्रममा विकेटकीपर टम लेथमले ५६ बलमा २ चौका र १ छक्का सहित ४७ रन जोडेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफल सम्म पुगेकोे हो । त्यस्तै कोलिन डी ग्राण्डहोमले १६ रनमा क्याच आउट भए । मिचेल सान्टनारले ५ रन जोडे ।

इंग्ल्यान्डका लागि लियाम प्लान्केटले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चर र मार्क उडको नाममा समान १ विकेट रह्यो ।

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.