default_image

6 years ago

July 14, 2019

न्युजिल्यान्डले पहिला ब्याटिङ गर्ने

105 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप २०१९ फाइनलमा न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर लर्डसमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हुन् । इंग्ल्यान्ड र न्युजिल्यान्ड दुबैले सेमिफाइनलको खेलाडी मैदान उतारेका छन् । अर्थात दुबै देशले कुनै खेलाडी परिवर्तन गरेका छनैनन् ।

इंग्ल्यान्डको टोली : जोसन रोय,जोनी बेयरस्टो,जो रुट,इओम मोर्गन९कप्तान०,बेन स्टोक्स,जस बटलर,क्रिस वोक्स,लियाम प्लन्केट,जोफ्रा आर्चर,आदिल राशिद,मार्क उड ।

न्युजिल्यान्डको टोली : मार्टिन गुप्टिल, हेनरी निकोलस, केन विलियमसन(कप्तान), रोश टेलर, टम लेथम, जेम्स निशम, कोलिन डी ग्राण्ड होम, मिचेल सान्टनार, लोकी फर्गुसन, म्याट हेनरी र टेन्ट बोल्ट

सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको इंग्ल्यान्ड यस पटक भने च्याम्पियन बन्न चाहान्छ । तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको घरेलु टोली इंग्ल्यान्डले पाँच पटकको विजेता अष्टेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यता चौथो स्थानमा रहेर सेमिफाइनल खेलेको न्युजिल्यान्डले उपाधिको प्रमुख दाबेदार भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा लगातार दोस्रो पटक प्रवेश गरेको हो ।

विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ९ खेल भएको छ । जसमा न्युजिल्यान्ड ५ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । त्यस्तै यी दुईदेशबीच कुल ८९ वान डे खेल भएको छ । जसमा न्युजिल्यान्ड ४३ खेलमा विजयी हुँदा ४० खेलमा पराजित भएको छ । २ खेल बराबरीमा सकिदा ४ खेलको नतिजा बिहीन छ ।

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.