6 years ago
July 13, 2019
एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ ।
दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । दोस्रो खेलमा विजयी भए नेपालले पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्नेछ । शनिवार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । १ सय २९ रनको विजयी लक्ष्य नेपालले पारस खड्को उत्कृष्ट प्रर्दशनमा १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
गत वर्षदेखी आईसीसीले आफ्ना सबै सदस्य राष्टलाई टी ट्वान्टी अन्तर्राष्ट्रिय (आइ)मान्यता दिएको छ । योसँगै आईसीसीबाट मान्यता सम्भव त अव सबै खेल टी ट्वान्टी (आई) मान्यता हुने छन् । यस अघि टी ट्वान्टी(आई) र टी ट्वान्टी (एस)को मान्यता हुर्दै आएको थियो । नेपालको सहज जित यी ३ कीर्तिमान बनाएको छ ।
३. नेपालको विकेट अन्तरले ठूलो जित
७ विकेटको अन्तरले टी ट्वान्टी आईमा नेपालको यो सर्वाधिक ठूलो अन्तरको जित हो । नेपालले टी ट्वान्टी आईमा ४ विकेट रहँदै आएको थियो । गत माघमा युएईसँगको दोस्रो टी ट्वान्टी खेलमा यूएईमाथि निकालेको ४ विकेटले जितनै विकेटका अन्तरले टी ट्वान्टी आईमा ठूलो अन्तरको जित रहँदै आएको थियो । रनको अन्तरले भने सन् २०१४ को टी ट्वान्टी विश्वकपमा हङकङविरुद्ध निकालेको ८० रन सर्वाधिक ठूलो अन्तर हो ।
२. ९ बल बाँकी रहँदा विजयी
नेपालले आजको खेलमा ९ बल अगाडीनै लक्ष्य पुरा गर्यो । नेपालले टी ट्वान्टी आईमा लक्ष्य पछ्याउने पुरा गरेको यो सर्वाधिक छिटो हो । यस अघि नेपालले गत माघमा यूएईसँगको दोस्रो टि ट्वान्टी खेलमा ३ बल बाँकी रहँदा जित हात पारेको थियो । त्यो नै नेपालले सर्वाधिक छिटो पुरा गरेको रहँदै आएको थियो ।
१. पारसको ८६ रन !
कप्तान पारस खड्काले मलेसियामाथि सहज जित पक्का गर्न ८६ को उत्कृष्ट अविजित इनिङ खेले । पारसको यो दोस्रो टी ट्वान्टी आई अर्धशतक र टी ट्वान्टी करिअरको उच्च प्रर्दशन समेत हो । नेपालबाट टी ट्वान्टी आईमा दोस्रो अर्ध शतक पुरा गर्ने पारस एक्लो ब्याट्सम्यान हुन् । टी ट्वान्टी आईमा नेपालबाट पारस बाहेक सन्दीप जोरा र सुवास खकुरेलले समान १ पटक अर्ध शतक पुरा गरेका छन् ।
यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकपमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध बनाएको ५६ रननै नेपालबाट टी ट्वान्टी आईमा एकै इनिङमा ब्याट्सम्यानले बनाएको व्यक्तिगत उच्च स्कोर रहँदै आएको थियो ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]