default_image

6 years ago

July 13, 2019

कप्तान पारसको कीर्तिमानी अर्धशतक

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले मलेसियाविरुद्ध जारि टि-२० सिरिजको पहिलो खेलमा अर्धशतक पूरा गरेका छन् ।

पारसले ३२ बलमा आफ्नो टी ट्वान्टी अन्तर्राष्ट्रिय (आई) दोस्रो अर्ध शतक पुरा गरे । पारसले ३६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा खेलि रहेका छन् । टी ट्वान्टी आईमा नेपालबाट पारस एकै इनिङमा ब्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । पारसले सुवास खकुरेलको सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्धको ५६ रनको रेकर्ड तोडेका हुन् ।

ओपनर प्रदीप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भएका छन् । १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

Success

Thank you for your time.