6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ ।
किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि अोपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए ।
वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।
सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।
मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]