default_image

6 years ago

July 13, 2019

नेपालले पहिला फिल्डिङ गर्दै

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गर्ने भएको छ ।

भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी,पवन सरार्फ र अभिनास बोहोरालाई सुरुवाती ११ मा राखिएको छैन ।

नेपालको ११ सदस्य टोली :
१.पारस खड्का(कप्तान)
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.वसन्त रेग्मी
५.सोमपाल कामी
६.प्रदीप ऐरी
७.सन्दीप लामिछाने
८.रोहित कुमार पौडेल
९.विनोद भण्डारी
१०.करण केसी
११.ललित नारायण राजवंशी

मलेसिया नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । त्यसैले यस सिरिजमा नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । नेपालको लक्ष्य पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ । नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ ।

सन् २०१५ मा श्रीलंकामा हङकङसँगको पाँच टी ट्वान्टी सिरिज वर्षाको कारण ४ खेल रद्द हुँदा १-०ले हारेको थियो । सन् २०१५ मै ग्लोवल विश्वकप छनोट अघि नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिज ३-१ ले गुमाउन पुग्यो । गतवर्ष लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी ट्वान्टी सिरिज नेदरल्यान्डसँग बाँडेको थियो ।

नेपालले गत माघमा यूएईलाई २–१ ले हराउँदै पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज जितेको थियो । त्यस सिरिज जितेको झण्डै ६ महिना पछि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । प्रतिस्पर्धि हेर्दा नेपाललाई कुनै कठिन पनि देखिदैन । नेपालले दोस्रो टी ट्वान्टी खेल भोली खेल्ने छ ।

January 27, 2025

नेपालमा खेल्ने थाइल्याण्डको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]

January 27, 2025

दीपेन्द्र सम्मिलित गल्फको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]

January 26, 2025

रुपन्देही सुपर लिगमा वेष्टर्नको लगातार तेस्रो जित

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]

Success

Thank you for your time.