6 years ago
July 12, 2019
एजेन्सी – एक दिवसिय विश्वकप २०१९ मा लज्जास्पद प्रर्दशनसँगै अफगानिस्तान क्रिकेट बोर्डले गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । शुक्रबार नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको जनाएको छ ।
दुई महिना अघि अफगानिस्तानले अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे को लागि कप्तान नियुक्त गरेको थियो ।
तर विश्वकपको खराब प्रर्दशनपछि अफगानिस्तान क्रिकेट बोर्डले टेष्ट,वान डे र टी ट्वान्टी तीनै फ्रम्यार्टको लागि राशिदलाई कप्तान बनाएको छ । उप कप्तानको जिम्मेवारी पुर्व कप्तान अस्गर अफगानलाई सुम्पिएको छ ।
गुलबदीनको कप्तानीमा अफगानिस्तानले विश्वकपमा सबै ९ खेलमा हार ब्यहोर्दै पुछारमा रहेर अन्त्य गरेपछि उनको चर्को आलोचना भएको थियो । राशिदले यस अघिनै अफगानिस्तानको लागि वान डे क्रिकेटको लागि कप्तानी गरि सकेका छन् ।
राशिदले गत वर्ष जिम्मबाबेमा भएको एक दिवसिय विश्वकप छनोटमा अफगानिस्तानको कप्तानी समालेका थिए ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]