9 years ago
May 27, 2016
नयाँ दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो प्ले अफमा सनराइजर्स हैदाराबादलाई १ सय ६३ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको गुजरात लायन्सले ७ विकेटको क्षेतिमा १ सय ६२ रन बनाएको छ ।
हैदराबादले टस जितेर गुजरातलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो । आरोन फिन्चले अर्धशतक पुरा गरेपछि गुजरातले प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । पाँचौं नम्बरमा ब्याटिङ अस्ट्रलियन फिन्चले ३२ बलमा ७ चौका र २ छक्कासहित ५० रन बनाएका थिए । उनी बेन बटिङको बलमा आउट भएका थिए । टोलीका ओपनर पूर्व न्युजिल्यान्ड कप्तान ब्रेन्डन म्याकलमले २९ बलमा ५ चौका साथ ३२ रन बनाए । रन आउट भएका दिनेश कार्तिकले २६ रन जोडेका थिए भने ड्वान ब्राभोले २० रन जोडे । रविन्द्र जडेजा अविजित १९ रनमा अविजित रहे ।
हैदराबादका भुवेश्नवर कुमार र कटिङले समान २ तथा विपुल शर्मा र ट्रेन्ट बोल्टले समान १ विकेट लिए । गुजरात र हैदराबादको विजेताले आइतबार रोयल च्यालेजर्स बैंगलोरसँग फाइनल खेल्नेछ । गुजराजले शीर्षस्थानमा रहँदै लिग चरणको अन्त्य गरेको थियो । तर पहिलो प्ले अफमा बैंगलोरसँग ६ विकेटको हारपछि गुजरातले अर्को एउटा चुनौति पार गर्नुपर्ने भयो ।
लिगमा चौथो स्थानमा रहेको हैदराबादले दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सलाई २२ रनले हराएर फाइनल खेल्ने सम्भावनालाई जीवित राखेको थियो । सन् २०१३ को संस्करणबाट आइपिएल खेल्न थालेको हैदराबादका लागि आजको दोस्रो प्ले अफ फाइनल पुग्नका लागि राम्रो मौका हो । किनकी हैदराबादले लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]