6 years ago
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् ।
खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्मीङघममा सुरु हुने छ । आजको विजेता टोली फाइनलमा पुग्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा स्थान पक्का गरिसकेको छ । आजको विजेताले उपाधिको लागि जुलाई १४ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो । अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
अष्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलिया साविक विजेता टोली हो । इंग्ल्यान्ड पहिलो पटक उपाधि जित्ने धुनमा छ । इंग्ल्यान्ड सन् १९९२ को फाइनलमा पाकिस्तानसँग २२ रनले हारेदेखी फाइनलमा पुग्न सकेको छैन । अष्ट्रेलिया लगातार र इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुग्ने धुनमा छन् । इंग्ल्यान्डको लागि जारी जो रुट, बेन स्टोक्स र जोफ्रा आर्चर प्रमुख खेलाडी हुन् । इंग्ल्यान्डले आजको खेलमा मोइन अलीलाई मौका दिन सक्छ । कप्तान ओइन मोर्गनले अफगानिस्तानको खेलमा विष्फोटक शतक प्रहार गरेयता ठूलो इनिङ खेल्न सकेका छैनन् । इंग्ल्यान्ड मोर्गनको ठूलो इनिङको पर्खाईमा छ ।
यता अष्ट्रेलिया चोटले ग्रस्त छ । उसका उसमान खवाजा र शन मार्श चोटका कारण बाहिरिएका छन् । शन मार्शको स्थानमा आएका विकेटकीपर पिटर हेन्डस्कम्बले आजको खेल खेल्ने निश्चित छ । मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल पूर्णरुपमा फिट नहुँदा आजको खेलमा खेल्ने नखेल्ने अन्यौल छ । अष्ट्रेलियाका लागि जारी विश्वकपमा २६ विकेट लिएका मिचेल स्टार्क प्रमुख हतियार हुन् । त्यस्तै उत्कृष्ट प्रर्दशन गरि रहेका डेविड वार्नर र आरोन फिन्चको प्रर्दशन पनि महत्वपूर्ण हुने छ ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड २ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । यी दुईदेशबीच १ सय ४८ वान डे खेलमा इंग्ल्यान्ड ६१ खेलमा विजयी हुँदा ८२ खेलमा पराजित भएको छ। ५ खेलको नतिजा बिहीन छ । आज यी दुई देशबीच प्रतिस्पर्धा हुने मैदान ब्याटिङ उपयोगि हुँदा टसको नजिताले ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]