default_image

5 years ago

July 10, 2019

‘एसिया कपलाई गम्भीर रुपमा लिएका छौं’ – प्रशिक्षक दास

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले एसीसी यू-१९ एसिया कपमा छनोट भएपछि नेपालले यस अवसरलाई गम्भीर रुपमा लिएको बताएका छन् ।

नेपाली टोलीले मलेसियामा मंगलबार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेसँगै एसिया कपमा छनोट भएको हो । फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको नेपालले आगामी अगष्टमा श्रीलंकामा हुने एसिया कपमा एसियाका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार मलेसियाबाट फर्केपछि प्रशिक्षक दासले यसपटक टोलीको ब्याटिङ प्रदर्शनलाई लिएर सन्तुष्ट रहेको अभिव्यक्ति दिए ।

‘यसपटक हामीले प्रशिक्षणमा ब्याटिङ पक्षमा धेरै मिहिनेत गरेका थियौं । सबै खेलाडीले आफ्नो भूमिका राम्रो निर्वाह गरे । समग्रमा ब्याटिङ प्रदर्शनलाई लिएर एकदम खुसी छु । बलिङ पनि सदाझैं राम्रो नै रहयो । कमजोर विपक्षी भएपनि हामीले योजना अनुसार प्रदर्शन गर्न सफल रहयों,’ उनले भने ।

प्रशिक्षक दासले एसिया कपका लागि टोलीमा केहि परिवर्तन हुनसक्ने जानकारी दिए । ‘एसिया कप हाम्रो लागि ठूलो अवसर हो । हामी यसमा अब सहभागिता मात्र नभएर केहि लक्ष्यसाथ मैदानमा उत्रनेछौं । विश्वकपमा छनोट हुन नसकेको अवस्थामा एसिया कपमा नतिजा ल्याएर हामी सिद्ध पार्न चाहन्छौं,’ उनले थपे, ‘ यसका लागि हामीले विश्राममा रहेका सिनियर खेलाडीलाई पनि बन्द प्रशिक्षणमा सामेल गर्नेछौं । अब अवसर दिने भन्दापनि उत्कृष्ट टोली छनोट गरेर प्रतिस्पर्धामा उत्रनेछौं ।’

टोलीका सिनियर खेलाडी कमलसिंह ऐरीले पनि यसपटक ब्याटिङबाट एकदम सन्तुष्ट रहेको बताए । ‘यसपटक ब्याटिङ एकदम राम्रो रहयो । तल्लोक्रमले कुनै खेलमा पनि ब्याटिङ गर्नु परेन । शीर्षक्रमको प्रदर्शन उत्कृष्ट रहयो । विपक्षी टोली कमजोर भएपनि यसले हाम्रो मनोबल बढेको छ । टोलीमा पनि एकताको भावना छ । अब एसिया कपमा यसै लयलाई निरन्तरता दिन चाहन्छौं,’ तीव्र गतिका बलर ऐरीले थपे ।

म्यान अफ द सिरिज बनेका स्पिनर सागर ढकालले एसिया कपमा अझै राम्रो प्रदर्शन गर्ने बताए । ‘ यसपटक विपक्षी टोली कमजोर थिए । हामीले योजना अनुसार नै उपाधि जित्न सक्यौं । अबको लक्ष्य एसिया कपमा ठूला टोलीविरुद्ध खेल्ने हो । त्यसका लागि अझै राम्रो तयारी गर्नेछौं,’ उनले थपे ।

नेपाली टोली बुधबार राती १० बजे नेपाल फर्केको थियो । टोलीलाई नवनियुक्त राखेप सदस्य सचिव रमेश सिलवाल लगायतले स्वागत गरेका थिए ।

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

September 16, 2024

नेपाललाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणको पहिलो खेलमा पुनरागमनको संकेत देखाएको छ । नेपालले लगातार विकेट लिँदै घरेलु टोली क्यानडालाई दबाबमा राख्न सफल भएको छ । ३७ ओभरको समाप्तिमा क्यानडाले ५ विकेट गुमाएर १ सय ३४ रन जोडेको छ । क्रिजमा निकोलस किर्तन १४ रन जोडेर खेलिरहेका छन् […]

Success

Thank you for your time.