6 years ago
July 10, 2019
एजेन्सी – फाइनल प्रवेशका लागि न्युजिल्यान्डले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको भारत संकटमा परेको छ ।
भारतले चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो ।
दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई कट निकाल्दै विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए। तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि भारतले ५ ओभरमा ३ विकेट गुमाउँदै ६ रन बनाएको छ । भारतले २ सय ४० रनको लक्ष्य पक्ष्याइरहेको छ ।
मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।
मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे । न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।
भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]