default_image

6 years ago

July 10, 2019

फाइनलमा पुग्न भारतलाई मध्यम लक्ष्य

52 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा भारतलाई २ सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।

न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।

मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।

न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

January 24, 2025

मलेसिया विरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पुजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका […]

January 24, 2025

दीपेन्द्र सम्मिलित गल्फ फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा फेरि पराजित भएको छ । गल्फ दुबई क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो । गल्फले पाँचौ खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ५४ रनको मध्यम लक्ष्य क्यापिटल्सले १८.४ ओभरमा ५ विकेट गुमाएर […]

January 24, 2025

छोराले तोडे बुवाको कीर्तिमान

एजेन्सी – इङ्ग्ल्याण्ड लायन्सका एक क्रिकेटरले आफ्नो बुवाको नाममा रहेको २६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । लायन्सका टोली सदस्य रकी फ्लिन्टफले सबैभन्दा कम उमेरमा शतक बनाउँने बुवाको कीर्तिमान तोडेका हुन् । बुवाले एन्ड्रयु फ्लिन्टफले सन् १९९८ मा नैरोबीमा केन्याविरुद्ध २० वर्ष २८ दिनको उमेरमा शतक प्रहार गरि किर्तिमान बनाएका थिए । छोरा रकीले भने […]

Success

Thank you for your time.