default_image

5 years ago

July 10, 2019

सुधारिएको ब्याटिङ

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा ब्याटिङ सिनियर र उमेर समुह दुबैको कमजोर पक्ष मानिँदै आएको छ । मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको प्रर्दशनले भने  ब्याटिङ पक्ष सुधारिएको महसुस गर्न सकिन्छ ।

प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेलले मलेसिया प्रस्थान गर्नुअघि यसपटक नेपाली यू१९ टोलीको सर्वाधिक बलियो पक्ष ब्याटिङ रहेको बताएका थिए । नभन्दै नेपालले प्रतियोगिता अवधिभर ब्याटिङमा राम्रो प्रर्दशन गर्यो ।

नेपालले समूह चरणको खेलमा सिंगापुरविरुद्ध ३ सय २६ रन बनायो । जसको लागि ४ विकेटमात्रै गुमाएको थियो । जवाफी लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमान समेटिएपछि नेपाल २ सय १७ रनले विजयी भयो । चीनलाई १० विकेट र मलेसियालाई ७ विकेटले सहजै पराजित गर्न सफल भयो । फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

पछिल्लो समयको प्रर्दशनले सधैं चिन्ताको विषय बन्दै आएको नेपाली ब्याटिङ भने सुधारिएको संकेत दिएको छ । यसले उमेर समुह मात्रै होइन सिनियर टिमको लागि पनि राम्रो सन्देश दिएको छ । यस प्रतियोगितामा नेपालभन्दा निकै कमजोर टोलीको सहभागिता रहेको तर्क रहेपनि विगतमा यस्ता प्रतियोगितामा पनि नेपालको ब्याटिङ सम्हालिने गरेको थिएन । लय समातेको नेपाली ब्याटिङले अब एसिया कपमा पनि यसैलाई निरन्तरता दिन जरुरी छ ।

ओपनिङ राम्रो सुरुवात

समग्र ब्याटिङ प्रदर्शन बलियो हुन सुरुवात राम्रो हुनुपर्छ । अन्यथा विशाल योगफल कठिन बन्ने गर्दछ । त्यस्तै नेपाली क्रिकेटमा उमेर र सिनियर दुवैमा ओपनिङ खराब हुनु नै मुख्य पक्ष रहँदै आएको छ । पछिल्लो दुईवर्षमा नेपालले सर्वाधिक परिवर्तन गरेको पोजिसन पनि ओपनिङ जोडी हो ।

तर यू१९ यसपटक पवन सर्राफ र रित गौतमको रुपमा राम्रो जोडी पायो । सिंगापुरविरुद्ध यी दुईले १५ ओभरसम्म ९२ रनको साझेदारी गरे । पवन आक्रमक रुपमा प्रस्तुत हुँदा अर्कोतर्फबाट रितले डबल सिंगल रन जोडी रहे । पवनले ४१ बलमा १० चौका सहित ४५ रन बटुले । त्यहि उत्कृष्ट सुरुवातकै कारण खडक बहादुर बोहरा र कुशल मल्लले खुलेर आक्रमक ब्याटिङ गर्न सफल भएका थिए । त्यसअघि चीनविरुद्ध यी दुवैले जित्सम्म पुर्याएका थिए भने फाइनलमा पनि अर्धशतकीय साझेदारी गर्दै राम्रो प्रदर्शन रहेको थियो ।

शतकीय साझेदारी

सिंगापुरविरुद्ध १५ औं ओभरको चौथो बलमा पवन सरार्फ क्याच आउट भएसँगै मैदान छिरेका खडक बहादुर बोहराले दोस्रो विकेटका लागि रितसँग १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । चीनविरुद्ध डेब्यू गरेपनि खडकले सिंगापुरविरुद्ध पहिलो पटक यू१९ टोलीमा ब्याटिङ गरेका थिए ।

यू१६ स्थान नपाएका खडकले यू१९ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै अनुभवी ब्याट्सम्यानले जस्तै खुलेर उत्कृष्ट प्रर्दशन गरे । खडकले ९० बलमा १२ चौका सहित ९० रनमा एलवीडब्लू आउट हुन पुगे । रित र खडकले मध्यक्रममा शतकीय साझेदारीले सिंगापुरका बलरलाई निरन्तर दबाबमा राखे । कुनै पनि समय बलर हाबी हुन पाएनन् । जसको कारण नेपाल विशाल योगफल बनाउन सफल भएको थियो ।

कुशलको आक्रमक इनिङ

सुरुवात मात्रै राम्रो भएर विशाल योगफल बन्न सक्दैन । अन्त्य पनि उत्कृष्ट हुनुपर्छ । नेपाली क्रिकेटमा ठूला सम्भावना बोकेका कुशल मल्लले सिंगापुरविरुद्ध उत्कृष्ट फिनिसिङ गरे । ४३ औं ओभरमा मैदान छिरेका मल्लले मात्र २३ बलमा ५ छक्का र ४ चौका सहित ५१ रनमा अविजित रहे । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित कुल २२ रन बटुलेका थिए । कुशलकै उत्कृष्ट फिनिसिङमा नेपालले विशाल योगफल बनाउन सक्यो ।

रितको जिम्मेवारी शतक

ओपनर रित गौतम प्रतियोगिताका दुई खेलमा जिम्मेवारी ब्याटिङ गर्दै अन्तिमसम्म नटआउट रहे । सिंगापुरविरुद्ध शतक प्रहार गरेका रितले एक तर्फबाट बलरलाई दबाबमा राख्दा अर्को तर्फबाट खडक,पवन र कुशललाई ठूला सट प्रहार गर्न सहज बनेको थियो । रितले १ सय ३१ बलमा शतक पुरा गर्दै यू१६ र यू१९ क्रिकेटमा नेपालबाट शतक पुरा गर्ने पहिलो युवा खेलाडी बने ।

१ सय ३७ बलमा १० चौका र १ छक्का सहित कुल १ सय १५ रनमा अविजित रहे । रितकै उत्कृष्ट शतकमा नेपालले विशाल योगफल बनाउन सफल भएको थियो । रितले उमेर समुहमा चार वर्षपछि शतकको खडेरी पनि तोडे । त्यसअघि उनी चीनविरुद्ध नटआउट रहेका थिए ।

परिपक्क ब्याटिङ

भिम सार्की र रोहित कुमार पौडेलले मलेसियासँगको सेमिफाइनल खेलमा अनुभवी ब्याट्सम्यान प्रर्दशन देखाए । सिनियर टिमबाट खेल्दै आएका रोहित र सिनियर टिमको लागि ढोका ढक्कढकाई रहेका भिमले उत्कृष्ट साझेदारी गरे । भिम र रोहितले एक समय ६.३ ओभरमा ३०-३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि अविजित ६० रनको साझेदारी गर्दै नेपालको जित पक्का गरे ।

यसक्रममा भिमले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । भिमलाई रोहितले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा नट आउट रहे । जसले नेपालको मध्यक्रम पनि उत्कृष्ट रहेको प्रष्ट पार्छ ।

September 17, 2024

नामिबिया घरमै अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । नामिबियाले विन्डोहकमा दिएको २ सय रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साइतेजा मुककामल्ला […]

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

Success

Thank you for your time.