default_image

5 years ago

July 9, 2019

भारत-न्युजिल्यान्ड खेल स्थगित

54 views

0 Bookmark

एजेन्सी – लगातार वर्षा भएपछि एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।

म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । त्यसपछि लगातार वर्षा भएपछि मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको हो । अब भोली (बुधबार) स्थानीय समयअनुसार विहान १०:३० बजे यसै स्थितिबाट खेल सुरु हुनेछ ।

न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ८५ बलमा ३ चौका र १ छक्का सहित ६७ रनमा अविजित छन् । त्यस्तै टम लेथम ३ रनमा नट आउट छन् । कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।

न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए । भारतका लागि जसप्रित बुमराह,भुवनेश्वर कुमार,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिएका छन् ।

बुधबार पनि खेल हुन नसकेको खण्डमा भने भारतले फाइनलमा स्थान सुरक्षित गर्नेछ । भारत लिगको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो ।

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

September 16, 2024

नेपाललाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणको पहिलो खेलमा पुनरागमनको संकेत देखाएको छ । नेपालले लगातार विकेट लिँदै घरेलु टोली क्यानडालाई दबाबमा राख्न सफल भएको छ । ३७ ओभरको समाप्तिमा क्यानडाले ५ विकेट गुमाएर १ सय ३४ रन जोडेको छ । क्रिजमा निकोलस किर्तन १४ रन जोडेर खेलिरहेका छन् […]

Success

Thank you for your time.