6 years ago
July 9, 2019
एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
भर्खर म्यानचेस्टरमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । न्युजिल्यान्डले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । टिम साउदीको स्थानमा लोकी फर्गुसनलाई मौका दिएको छ । भारतले पनि आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कुलदीप यादवको स्थानमा युजभेन्द्र चाहललाई मैदान उतारेको छ ।
भारतको टीम : केएल राहुल, रोहित शर्मा, विराट कोहली(कप्तान), ऋषभ पन्त, महेन्द्र सिंह धोनी, दिनेश कात्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र जसप्रित बुमराह ।
न्युजिल्यान्डको टिम : मार्टिन गुप्टिल, हेनरी निकोलस, केन विलियमसन(कप्तान), रोश टेलर, टम लेथम, जेम्स निशम, कोलिन डी ग्राण्ड होम, मिचेल सान्टनार, लोकी फर्गुसन, म्याट हेनरी र टेन्ट बोल्ट ।
भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाँड्नु परेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले लिग चरणमा इंग्ल्यान्डसँगको खेलमा मात्रै पराजित हुँदा अन्य सबै टोलीलाई सहजै हराएको छ । यता न्युजिल्यान्ड अष्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित भएको थियो ।
त्यसअघि वामअर्प खेलमा भने न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । सम्रग नतिजा हेर्दा न्युजिल्यान्ड भनदा भारत तुलनात्मक रुपमा बलियो पनि देखिन्छ । न्युजिल्यान्ड सन् २०१५ को उप विजेता हो । भारत सन् २०११ को च्याम्पियन टोली हो । भारतले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहिन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँच वान डे खेल ४–१ ले हराएको थियो ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]