6 years ago
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले सुरुवाती १३ ओभरमा तीन विकेट हात पारेको छ । नेपालले पहिलो ओभरमै स्पिनर सागर ढकाललाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरले नै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गर्न सफल भए ।
सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडेका छन् । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । यो समाचार तयार पार्न सम्म हङकङले १३ ओभरमा २९ रन बनाउन ३ विकेट गुमाएको छ ।
January 24, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड लायन्सका एक क्रिकेटरले आफ्नो बुवाको नाममा रहेको २६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । लायन्सका टोली सदस्य रकी फ्लिन्टफले सबैभन्दा कम उमेरमा शतक बनाउँने बुवाको कीर्तिमान तोडेका हुन् । बुवाले एन्ड्रयु फ्लिन्टफले सन् १९९८ मा नैरोबीमा केन्याविरुद्ध २० वर्ष २८ दिनको उमेरमा शतक प्रहार गरि किर्तिमान बनाएका थिए । छोरा रकीले भने […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले आजको खेलमा घरेलु टोलीको सामना गर्दैछ । विश्व कपको १३औं देखि १६औं स्थानका लागि हुने प्लेअफ खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै […]
January 23, 2025
सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]