default_image

6 years ago

July 8, 2019

भारतलाई स्तब्ध पार्न सक्ने ४ खेलाडी

79 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड् भिड्ने छन् । जुन खेल मंगलबार म्यानचेस्टरमा हुनेछ ।

भारत शीर्षक्रम र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाड्नु परेको थियो । न्युजिल्यान्ड लक्की टिम समेत हो । पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि वामअर्प खेलमा भने न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । सम्रग नतिजा हेर्दा न्युजिल्यान्ड भनदा भारत तुलनात्मक रुपमा बलियो देखिन्छ । सन् २०१५ को उप विजेता न्युजिल्यान्ड पनि कमजोर टोली होइन । न्युजिल्यान्डले बेला बेलामा अप्रत्यासित नतिजा निकाल्ने गर्दछ । यस पटक पनि त्यस्तै नतिजा निकाल्ने दाउमा न्युजिल्यान्ड छ ।

हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेलको नजिता बिहीन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँच वान डे खेल ४–१ ले हराएको थियो ।

विश्वकपमा भारत र न्युजिल्यान्डबीच कुल ८ खेल भएको छ । त्यसमा न्युजिल्यान्ड ४ र भारत ३ खेलमा विजयी भएका छन् । एक खेल वर्षाको कारण रद्ध भएको छ ।

न्युजिल्यान्डका ओपनर र मध्यक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा केहि कमजोर देखिएको छ । न्युजिल्यान्डका यी चार खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई स्तब्ध पार्दै सेमिफाइनलबाटै घर फर्काउन सक्छन् ।

मार्टिन गुप्टिल (ओपनर)

यस विश्वकपमा ओपनर मार्टिन गुप्टिलले राम्रो प्रर्दशन गर्न सकेका छैनन् । गुप्टिल ठूला सर्ट र इनिङको लागि परिचित छन् । श्रीलंकाविरुद्ध अविजित ७३ रनको इनिङ खेल्न बाहेक अन्य खेलमा उनको प्रर्दशन निराशजनक छ । खराब सुरुवातकै कारण न्युजिल्यान्डले ठूलो योगफल बनाउन पनि सकेको छैन ।

गुप्टिलको उत्कृष्ट प्रर्दशन विना न्युजिल्यान्डको जित कठिन देखिन्छ । गुप्टिलले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्छन् । सन् २०१५ को विश्वकपमा गुप्टिलले वेस्ट इन्डिजविरुद्ध २ सय ३७ रनको अविजित इनिङ खेलेका थिए ।

गुप्टिलले १ सय ७७ वान डे खेलमा १६ शतक र ३५ अर्ध शतक सहित कुल ७ हजार ५ सय ७५ रन जोडेका छन् । खराब प्रर्दशनका कारण गुप्टिल आलोचनाको शिकार पनि बनि रहेका छन् । त्यो आलोचनालाई बन्द गर्न गुप्टिललाई उत्कृष्ट प्रर्दशन गर्नु पर्ने दबाब पनि छ । त्यसैले गुप्टिल आफ्नो लयमा फर्किदै नेचुरल खेल खेले भारतका लागि घातक बन्न सक्छन् ।

लोकी फर्गुसन (बलर)

तीब्र गतिका बलर लोकी फर्गुसन पावर प्ले र डेथ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् । उनको बलको गती मुख्य हतियार हो । स्वीङ र बाउन्स गराउन उनि माहिर छन् । जारी विश्वकपमा फर्गुसनको प्रर्दशन उत्कृष्ट छ ।

७ खेलमा ६३.४ ओभरमा ३ सय १६ रन खर्चेर कुल १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् । ३४ वान डे खेलमा उनले ६३ विकेट लिई सकेका छन् । वेस्ट प्रर्दशन ५–४५ रहेको छ । भारतमाथि अप्रत्यासित जित निकाल्न सेमिफाइनलमा फग्र्यसनको प्रर्दशन महत्वपूर्ण रहने छ ।

केन विलियमसन (कप्तान तथा ब्याट्सम्यान )

कप्तान केन विलियमसनको उत्कृष्ट प्रर्दशन विना न्युजिल्यान्डको जित संभव देखिदैन । विलियमसनले दक्षिण अफ्रिकासँग १ सय ६ र वेस्ट इन्डिजसँगको खेलमा १ सय ४८ रन बनाउँदै लगतार शतक प्रहार गरेका थिए । जारी विश्वकपमा विलियमसनले ७ इनिङमा २ शतक र १ अर्ध शतक सहित कुल ४ सय ८१ रन बटुलेका छन् । टोलीको आवश्यकता अनुसार खेल्ने विलियमसन क्लासिक सर्टका लागि माहिर छन् । स्पिन बलमा राम्रो खेल्ने गर्दछन् ।

विलियमसनले १ सय ४० खेलमा १३ शतक र ३८ अर्ध शतक सहित कुल ६ हजार ३५ रन जोडेका छन् । मध्यक्रममा विलिमिसनले उत्कृष्ट प्रर्दशन गर्दै भारतीय खेलाडीलाई दबाबमा राख्न सक्छन् । विलियमसनको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यानडले भारतलाई स्तब्ध पार्न सक्छ ।

ट्रेन्ट बोल्ट (बलर)

तीब्र गतिका बलर ट्रेन्ट बोल्ट स्वीङ, योर्कर र बाउनस बनाउन माहिर छन् । भारतीय ब्याट्सम्यानमाथि बोल्ट सधैं हाबी हुँदै आएका छन् । बोल्टले वामअर्प खेलमा भारतका शीर्षक्रममा ४ ब्याट्सम्यानलाई पेभिलिएन फर्काएका थिए । बोल्टले अष्ट्रेलियासँगको खेलमा ह्याट्रिकनै गरे । भारत र न्युजिल्यान्डबीच हुने सेमिफाइन म्यानचेस्टर मैदानमा बोल्टले वेस्ट इन्डिविरुद्द ४ विकेट लिएका थिए ।

बोल्टले जारी विश्वकपमा ८ खेलमा १५ विकेट लिएका छन् । त्यस्तै बोल्टले ८७ वान डे खेलमा १ सय ६२ विकेट हात पारेका छन् । जसमा वेस्ट प्रर्दशन ७-३४ छ । गत फ्रबुअरीमा पाँच वा डे सिरिजमा अन्तर्गत चौथो खेलमा भारतलाई ९२ रनमा अल आउट गर्न बोल्टले १० ओभरमा ४ मेडन सहित २१ रन खर्चेर ५ विकेट लिएका थिए । उक्त सिरिजमा बोल्टको प्रर्दशन उत्कृष्ट थियो । पावर प्ले र डेथ ओभरको स्पेलमा बलिङ गर्ने बोल्टले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई सेमिफाइनलमै निराश बनाउन सक्छन् ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.