6 years ago
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ ।
८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालको सहज जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।
नेपालले चौथो ओभरको पाचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे ।
मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।
त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०।५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।
दोस्रो विकेटका लागि मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै थोरै इनिङ उकासेका थिए ।
१२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले सर्वाधिक रन बनाउने आमिरलाई २४ रनमा बोल्ड आउट गरे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई आफैं क्याच लिदै ३ रनमा पेभिलिएन फर्काए । १७ ओभरको पहिलो बलमा सागरले ओेपनर वान इमीरुललाई ११ रनमा पेभिलिएन फकाएपछि मलेसिया संकटमा परेको थियो । उनले ४६ बललमा १ चौका प्रहार गरे ।
नेपालको कसिलो बलिङ सामु मलेसिया तल्लोक्रमका ब्याट्सम्यान पनि क्रिजमा टिकेर खेल्न सकेनन् । तनिस आरोह ७,हैकवाल मोहम्मद खैर १२ रनमा आउट भए । अहमद अकमल आलिफ ३६ बलमा १ चौका सहित १० रनमा रन आउट भए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै कुशल मल्लले पनि ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]