6 years ago
July 7, 2019
एजेन्सी – अष्ट्रेलिया एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ ।
यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्युजिल्यान्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्यान्डबीच जुलाई ११ मा दोस्रो सेमिफाइन खेल हुने छ ।
३ सय २६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले १ सय २२ रनको योगदान गरेपनि टोलीको हार टार्न सकेनन् । ४० ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा क्रिस मोरिसले उत्कृष्ट क्याच लिएपछि पेभिलिएन फर्किनुअघि १ सय १७ बलमा १५ चौका र २ छक्का प्रहार गरे । विश्वकपमा वार्नरको यो तेस्रो शतक हो । त्यस्तै वान डे करिअरको भने १७ औं शतक पर्दछ । त्यस्तै एलेक्स केरिले ८५ रनको योगदान दिए । ४६ ओभरको दोस्रो बलमा मोरिसले एडेन मार्करामबाट क्याच आउट गराउनु अघि केरिले ६९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।
अष्ट्रेलियाले तेस्रो ओभरको पहिलो बलमा कप्तान आरोन फिन्चलाई ३ रनमा गुमाएको थियो । फिन्चलाई इमरान ताहिरले एडेन मार्करामबाट क्याच आउट गराए । सातौं ओभरको तेस्रो बलमा प्रिटोरियसले स्टिभ स्मिथलाई ७ एलवी डब्लू आउट गरे । मार्कस स्टोइनिस २२ रनमा रन आउट हुन पुगे । ग्लेन म्याक्सवेल गलत सर्ट खेल्दै विकेटकीपर क्विन्टन डी ककबाट १२ रनमा क्याच आउटपछि अष्ट्रेलिया संकटमा परेको थियो । मिचेल स्टार्क १६,जेसन बेहरनडर्फ ११ र नाथन लायनले ३ रन जोडे ।
दक्षिण अफ्रिका लागि कागिसो रबाडाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट हात पारे । ड्वनी प्रिटोरियस र एन्डिलो फेहलुवकलो समान २ विकेट लिए । इमरान ताहिर र क्रिस मोरिसको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २५ रन बनायो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय रनको योगदान दिए । ४३ ओभरको अन्तिम बलमा जेसन बेहरनडर्फले मिचेल स्टार्कबाट क्याच आउट गराउनु अघि ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । प्लेसिसले ९३ बलमा आफ्नो वान डे करिअरको १२ औं शतक पुरा गरे । विश्वकपमा उनको पहिलो शतक समेत हो ।
त्यस्तै रस्सि भान डर दुसेनले पनि उत्कृष्ट प्रर्दशन गरे । अन्तिम बलमा क्याच आउट हुुनुअघि दुसेनले ९७ बलमा समान ४ चौका र छक्का सहित ९५ रनमा क्याच आउट भए । दुसेन र प्लेसिसले तेस्रो विकेटका लागि १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । १२ ओभरको तेस्रो बलमा नाथन लायनले विकेटकीपर एलेक्स केरिबाट स्टम्पिङ आउट गराउनु अघि एडेन मार्करामले ३७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै नाथन लायनले क्याच आउट गराउनु अघि अर्का ओपनर क्विन्टन डी ककले ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहे । जेपी ड्युमिनी १४ रनमा क्याच आउट भए । अष्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान २ विकेट हात पारे । जेसन बेहरनडर्फ र प्याटकमिन्सको नाममा १(१ विकेट रह्यो ।
भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जाड्दै दोस्रो स्थानमा रह्यो । घरेलु टोली इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक सहित तेस्रो स्थानमा रह्यो । ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै न्युजिल्यान्ड चौथौ स्थानमा रह्यो ।
जुलाई ९ मा भारत र न्युजिल्यान्डबीच म्यानचेस्टरमा पहिलो सेमिफाइनल हुनेछ । त्यस्तै अष्ट्रेलिया र इंग्ल्यान्डले जुलाई ११ मा दोस्रो सेमिफाइनल खेल्नेछन् । जुलाई १४ मा फाइनल हुनेछ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]