6 years ago
July 6, 2019
एजेन्सी – कप्तान फाफ डु प्लेसिसको शतक र रस्सि भान डर दुसेनको उत्कृष्ट प्रर्दशनमा एक दिवसिय विश्वकप क्रिकेटकोे अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३ सय २६ रनको विशाल लक्ष्य दिएको छ ।
म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २५ रन बनायो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय रनको योगदान दिए । ४३ ओभरको अन्तिम बलमा जेसन बेहरनडर्फले मिचेल स्टार्कबाट क्याच आउट गराउनु अघि ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । प्लेसिसले ९३ बलमा आफ्नो वान डे करिअरको १२ औं शतक पुरा गरे । विश्वकपमा उनको पहिलो शतक समेत हो ।
त्यस्तै रस्सि भान डर दुसेनले पनि उत्कृष्ट प्रर्दशन गरे । अन्तिम बलमा क्याच आउट हुुनुअघि दुसेनले ९७ बलमा समान ४ चौका र छक्का सहित ९५ रनमा क्याच आउट भए । दुसेन र प्लेसिसले तेस्रो विकेटका लागि १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । १२ ओभरको तेस्रो बलमा नाथन लायनले विकेटकीपर एलेक्स केरिबाट स्टम्पिङ आउट गराउनु अघि एडेन मार्करामले ३७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै नाथन लायनले क्याच आउट गराउनु अघि अर्का ओपनर क्विन्टन डी ककले ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहे । जेपी ड्युमिनी १४ रनमा क्याच आउट भए । अष्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान २ विकेट हात पारे । जेसन बेहरनडर्फ र प्याटकमिन्सको नाममा १-१ विकेट रह्यो ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]