default_image

6 years ago

July 6, 2019

म्याथ्युजको शतकमा भारतलाई बलियो चुनौती

77 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ ।

लिड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनायो । निकै खराब सुरुवात गरेको श्रीलंकालाई अनुभबी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय महत्वपूर्ण योगदान दिए । ४९ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच आउट गराउनु अघि म्याथ्युजले १ सय २८ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरेका थिए । उनले वान डे करिअरमा प्रहार गरेका तीनै शतक भारतविरुद्ध रह्यो । विश्वकपमा उनको पहिलो शतक हो । त्यस्तै धनन्जय डी शिल्भा २९ रनमा अविजित रहे ।

एक समय ११.४ ओभरमा ५५-४ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई पाँचौ विकेटका लागि एन्जिलो म्याथ्युजले लाहिरु थारिमनेसँग १ सय २४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासे । कुलदीप यादवको ३८ ओभरको पाँचौ बलमा ठूलो सर्ट खेल्ने धुनमा रविन्द्र जडेजाबाट क्याच आउट हुनुअघि लाहिरुले ६८ बलमा ४ चौका सहित ५३ रनको महत्वपूर्ण योगदान दिए ।

श्रीलंकाले चौथो ओभरको चौथो बलमा कप्तान दिमुथ करुणारत्नेलाई १० रनमा गुमाएको थियो । उनलाई जसप्रित बुमराहले महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । बुमराहलेनै कुशल परेरालाई १८ रनमा क्याच आउट गराए ।

परेराले १४ बलमा ३ चौका प्रहार गरे । ११ ओभरको चौथो बलमा रविन्द्र जडेजाले बल बिट गराउँदै कुशल मेन्डिसलाई महेन्द्रसिंह धोनीबाट ३ रनमा स्टम्पिङ आउट गराए । अभिष्का फर्नान्डोलाई हार्दिक पान्ड्याले २० रनमा क्याच आउट गराएपछि श्रीलंका कमजोर अवस्थामा पुगेको थियो ।

भारतका लागि जसप्रित बुमराहले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट हात पारे । भुवनेश्वर कुमार,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र कुलदीप यादवले समान १ विकेट हात पारे ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.