6 years ago
July 6, 2019
एजेन्सी – श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज एक दिवसिय विश्वकप क्रिकेटमा भारतविरुद्ध शतक प्रहार गरेका छन् ।
एन्जिलोले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक प्रहार गरे । उनले वान डे करिअरमा प्रहार गरेका तीनै शतक भारतविरुद्ध रह्यो ।
४४ ओभरको पाँचौ बलमा हार्दिक पान्डयालाई चौका प्रहार गर्दै शतक पुरा गरे । एन्जिलो १ सय १६ बलमा ९ चौका र २ छक्का सहित १ सय १ रनमा खेलि रहेका छन् । उनलाई धनन्जय डी शिल्भाले ११ रनमा साथ दिएका छन् ।
एक समय ११.४ ओभरमा ५५-४ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई पाँचौ विकेटका लागि एन्जिलो मैथ्युज र लाहिरु थारिमनेले १ सय २४ रनको शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको छ । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा रविन्द्र जडेजाबाट क्याच आउट हुनुअघि लाहिरुले ६८ बलमा ४ चौका सहित ५३ रनको महत्वपूर्ण योगदान दिए ।
श्रीलंकाले यो समचार तयार पार्न सम्म ४४ ओभरमा २ सय २७ रन बनाउन ५ विकेट गुमाएको छ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]