default_image

6 years ago

July 6, 2019

अष्ट्रेलियालाई शीर्षस्थानमै कायमै रहने अवसर !

79 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार ६:१५ पछि म्यानचेस्टरमा सुरु हुने ।

अष्ट्रेलिया आजको खेलमा विजयी भए शीर्षस्थानमा रहँदै चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । त्यस्तै अष्ट्रेलिया विजयी भए भारत र इंग्ल्यान्डले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया आजको खेलमा पराजित भएर उता भारतले श्रीलंकालाई पराजित गरेको अवस्थामा भने सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डसँग खेल्नुपर्ने हुन्छ । इंग्ल्यान्ड भन्दा न्युजिल्यान्ड तुलनात्मक रुपमा केहि कमजोर देखिन्छ । त्यसैले अष्ट्रेलियालाई शीर्ष स्थानमा रहँदै न्युजिल्यान्डसँग सेमिफाइन खेल्ने अवसर छ । अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ ।

यता दक्षिण अफ्रिका प्रतियोगिताबाटै बाहिरिसकेको छ । अफ्रिका पनि सुखद अन्त्य गर्न चाहन्छ । दक्षिण अफ्रिका ८ खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा छ । १ खेल वर्षाको कारण रद्द भएको थियो । कागिसो रबडा, क्विन्टन डी कक, जेपी ड्युमिनी, डेविड मिलरको खराब प्रर्दशन दक्षिण अफ्रिकाले जारी विश्वकपमा कमजोर प्रर्दशन गर्नुको मुख्य कारण हो । दक्षिण अफ्रिकाको लागि कप्तान फाफ डु प्लेसिस, रस्सी भान डर दुसेन, एन्डिलो फहवकुवलो प्रमुख हतियार हुन् ।

अष्ट्रेलियाका लागि ८ खेलमा २४ विकेट लिइसकेका तीव्र गतिका बलर मिचेल स्टार्क आजको खेलमा पनि नायक बन्न सक्छन् । त्यस्तै कप्तान आरोन फिन्च, डेविड वार्नर र स्टिभ स्मिथ उसका प्रमुख हतियार हुन् । आजको खेलमा ग्लेन म्याक्सवेल खेल्ने नखल्ने अन्यौल छ । उनि प्रशिक्षणको क्रममा मिचेल स्टार्कको बाउन्सर बलमा लागेर घाइते हुन पुगेका थिए । त्यस्तै मंगलबार प्याट कमिन्सको सर्ट बलमा घाइते हुँदा शन मार्श टोली बाट बाहिरिएका छन् । उनको स्थानमा विकेटकीपर पिटर हेन्ड्सकम्बलाई मौका दिएको छ ।

विश्वकपमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच ५ खेल भएको छ । जसमा अष्ट्रेलिया ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भए । १ खेल नतिजाविहिन छ । यी दुई देशबीच कुल ९९ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ४८ खेलमा विजयी हुँदा ४७ खेलमा पराजित भएको छ । ४ खेल नतिजाविहिन छ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.