default_image

6 years ago

July 6, 2019

भारतलाई शीर्षस्थानको चिन्ता !

94 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा भारत र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ पछि लिड्समा सुरु हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि यो प्रतिष्ठाको लडाई मात्र हुनेछ । त्यसैले श्रीलंका विना दबाब मैदान उत्रदै अन्तिम खेलमा भारतलाई स्तब्ध पार्दै सुखद अन्त्य गर्ने सोचमा छ । यता भारत सेमिफाइनलमा पुगि सकेको छ । भारत आजको खेलमा फराकिलो जित निकाल्न चाहान्छ ।

भारत आजको खेलमा विजयी भए र उता अष्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भएको खण्डमामात्रै शीर्ष स्थानमा उक्लिने छ । शीर्षस्थानको टोलीले चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । त्यसैले भारत शीर्ष स्थानमा उक्लन चाहन्छ । उता अष्ट्रेलिया विजयी भए भारत र इंग्ल्यान्डबीच सेमिफाइनल हुनेछ । अष्ट्रेलिया विजयी भए न्युजिल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । त्यस्तै ८ खेलमा समान ३ मा जित र हारका साथ श्रीलंका छैटौं स्थानमा छ । २ खेल बर्षाको कारण रद्द भएको थियो ।

भारतका लागि जारी प्रतियोगितामा चार शतक प्रहार गरेका ओपनर रोहित शर्मा आज पनि नायक बन्न सक्छन् । त्यस्तै कप्तान विराट कोहली र जसप्रित बुमराहको प्रर्दशन पनि महत्त्वपूर्ण रहने छ । यता अघिल्लो खेलमा वेस्ट इन्डिजसँगको खेलमा शतक प्रहार गरेका अभिष्का फर्नान्डो साथै कप्तान दिमुथ करुणारत्ने र तीव्र गतिका बलर लाथिस मलिंगा श्रीलंकाका प्रमुख हतियार हुन् । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन श्रीलंकाको लागि चिन्ताको विषय हो । भारतले आजको खेलमा दिनेश कार्तिकको स्थानमा रविन्द्र जडजालाई मौका दिन सक्छ । जडेजाले हालसम्म मौका पाएका छैनन् ।

विश्वकपमा भारत र श्रीलंकाबीच हालसम्म ८ खेल भएको छ । जसमा श्रीलंका ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । १ खेल नतिजाविहीन छ । स्रमगमा भारत र श्रीलंकाबीच ९३ वान डे खेल भएको छ । जसमा भारत ४९ खेलमा विजयी हुँदा ३६ खेलमा पराजित भएको छ । ८ खेल नतिजाविहिन छ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.